‘कोपिले’ तामाङको बयान : म यसरी बेचिएँ सर !

अनिता आचार्य –  ‘सर म कोपिला । हजुर…. कोपिला तामाङ (नाम परिवर्तन) । गाउँमा मलाई ‘कोपिले’ भन्छन् । सदरमुकाम धादिङबेसी नजिकै बग्ने आँखुखोलाकिनारामा हाम्रो घर छ । आमा बा खेतीपाती गर्छन् । घरमा सानो भाइ छ । म चाहिँ छोरीमध्येकी कान्छी । ममाथि अरु आठदिदीहरू छन् ।खान नपाउने ठाउँमा पढाइ त परको कुरा ।शायद त्यसैको कारण होला ‘उनोरु’ (उनीहरु) ले कलमसम्म समाएका छैनन् ।

धन्न! मलाई बा आमाले दुखजिलो गरेरै भएपनि अक्षर चिनाए । नत्र पुलिस चौकी कुन? चोरको घर कुन? मलाई के था र !’

एकैसासमा कोपिलाले थाहा भएसम्मका जानकारी उकेलिन् । क्राईम रिर्पोटिङमा सम्पादकले मलाई पहिलो चोटी कलम चलाउन भनेका थिए । मैले कानूनका शब्दावलीहरु पनि जानेकी थिइन् । पत्रकारितामा एउटा भनाइ छ – ‘ज्याक फर अल मास्टर इन नन् ।’

हो, त्यतिबेला मेरा गुरुले मलाई ‘मिडिया ल’ पढाउदा ध्यान दिएर पढ नत्र यस्ता टर्मीनोलोजीले नै अदालतमा रिर्पोटर हो कि पीडित? भन्ने ‘कन्फ्यिुज’होलाऊ भनेको सम्झें । नभन्दै त्यस्तै भयो । 
हरियो कुर्ता रातो सुरुवालमा थिइन् कोपिला । तर फक्रिसकेकी  थिइन् । जिउडाल पनि  चिटिक्कको। छरिती देखिन्थिन् । साँच्चै बगैँचामै सजाउजस्ती । डल्ली डल्ली । उनको लालुपाते जोवन देख्दा मलाई मेरो गाउँको साथी शान्ति तामाङको झल्को दियो ।

 शान्तिको झै  कोपिलाको पनि लामो केश । तर शिवजी ‘स्टाइल’को । टाउकोको बीचमा जुरो जस्तो बनाएकी थिइन् उनले । कपालले कपाललाई च्यापेर । हातमा हरियो कलरकै चुरा लगाएकी थिइन् । मैले अनुमान गरें, दाहिने हातमा लगाएको रातो घडी चाहिँ उनले लगाएको सुरुवालसँग ‘म्याच’ गर्नको लागि होला । 
ढ्वाक्क आवाज आयो । म झस्किएँ । ‘त्यो मुर्दारको सबै फोटोहरु यसमा छ, सर’ । नोकियाको पुरानो सेटमा चोर औंलाले फोटो सार्दै कोपिला चिठ्याइन् । यतिबेला उनी ‘आफ्नै मायालु’ प्रति बढी आक्रोशित देखिन्थिन् । 
‘अनि यहाँ त तपाईहरु दुई जनाको फोटो छ त ? हुँ ?’ नजिकै बसिरहेको बर्दिवाला जवान आँखी भौँ उचाल्दै प्वाक्क बोल्यो । 
उनीकेही सम्झिएजस्तो भावभङ्गीमा बोल्न थालिन् । ‘यै न्यु येर (न्यू इअर) मा हो त्यसलाई भेट्या ।’ ‘फ्ल्यास ब्याक’मा जाँदा निकै लामो कहानी सम्झिएको मुद्रामा थिइन् उनी । 
‘हजुर धादिङ महोत्सव थियो । पहिलो पटक हुने भनेको महोत्सव क्यान्सिल भएको थियो । दोस्रो पटक ‘न्यु येर’(न्यू इअर) मा महोत्सव हुने भएकोले हाम्रा गाम्का (गाउँका) सबै जना जाने भनेका थियो । यतिबेलाउनको बयानमा तामाङ ‘टोन’ मिसियोे । महोत्सवमा सस्ता – सस्ता क्लिप, काँटा किन्ने, आइसक्रिम खाँदै रोटेपिङमा खेल्ने अनि ‘नागिन’ हेर्ने भन्या थ्यौम् । 
अनि के भयो ?मैले बोल्नै नहुने ठाउँमा प्रश्न तेर्साएँ । पुलिस अफिसरले कर्के नजरले मतिर हेरे । म लाजले धक्धक् भएँ । 

मेरो प्रश्न आवश्यक नै रैन’छ, कोपिलालाई । उनी एकोहोरो बोलिरहेकी थिइन् ।
गालामा आएको एक त्यान्द्रो कपाल पन्छाउदै उसले सिलिङतिर हेरिन् ।
‘कत्ति न के के न हुन्छ भन्या । यी बाउको बे देखियो नि ।’ 

थोरै मुर्मुरिदै ऊ पोखिँदै गई ।  अबको १० दिनपछि त महोत्सव आउँछ भनेर सेराबनमा स्याउला काटेका हाम्रो लागि महोत्सव हेर्न जान पाउनु त…

एक छिन रोकिइन् । त्यसपछि बिस्तारै अनुहार उठाउँदै उनले बोलिन्,‘तपैलाई सरखारी (सरकारी) जागिर खाएजति थियो ।’

………………………………………….

सुन्दा पत्यार नलाग्न सक्छ, टेलिभिजन सेटमा झुल्किएर प्रचण्ड वा के पी ओलीले भनेको  ‘आर्थिक क्रान्ति 'धादिङका धेरै किसानको लागि ८ /१० वटा लमकन्ने बाख्रा पाल्नु र गोठमा एउटा लैनो भैसी हुनु हो । त्यसमाथि एउटा सुर्कोमा मकै, आधी पाटो प्याज, थोरै कुनोमा खोस्रेर लसुन लगाउनु ‘सम्पन्नता’ को प्रतिक हो । अझ हिजोआज सामान्य परिवारबाट पनि आफ्नै बलबुतामा आर्मि पुलिसमा जागिर खाएकाहरु गाउँका ‘सेलिब्रेटि’ भएका छन् । म सम्झन्छु, टेलिभिजनमा मैले समाचार वाचन गरेको देखेर मेरा बाबालाई हप्तौँ धार्के बजारले ‘फ्रि’ मा ‘च्या’ ख्वाएको थ्यो । 

हुन पनि कोपिला ठिक भन्दै थिई । पृथ्वी राजमार्गसँग जोडिएको भएपनि विकासका हरेक योजनाबाट टाढा नै छ, धादिङ । रि, तिप्लिङ', लार्पा, सेतुङ गाविस तिर अझै झाडापखालाले ज्यान लिएको बुलेटिन मैले कतिपटक मन भारी बनाउदै वाचन गरेकी थिएँ । छोरीले जिद्धि गरेर कि पढ्छु, कि त झुण्डिन्छु नभनीकन पढ्नसमेत नपठाउने परिपाटि पनि हाबी छ, धादिङमा । केन्द्रिय राजनीतिले प्रत्यक्ष हस्तक्षेप गरेको जिल्ला भएकोले धादिङको सामाजिक आर्थिक विकास हुन सकेको छैन । हरेक दिन हरेक भाषणमा कृषि क्रान्तिका कुरा गरेर तालि खाने नेताले नागढुङ्गाको पारिपाटि त हेरेका छैनन् । अन्तको के कुरा गर्नु ? सुन्दा पत्यार नलाग्न सक्छ, टेलिभिजन सेटमा झुल्किएर प्रचण्ड वा के पीओलीले भनेको आर्थिक क्रान्ति धादिङका धेरै किसानको लागि ८÷१० वटा लमकन्ने बाख्रा खोरमा पाल्नु र गोठमा एउटा लैनो भैसी हुनु हो । त्यसमाथि एउटा सुर्कोमा मकै, आधी पाटो प्याज, थोरै कुनोमा खोस्रेर लसुन लगाउनु ‘सम्पन्नता’ को प्रतिक हो । अझ हिजोआज सामान्य परिवारबाट पनि आफ्नै बलबुतामा आर्मि पुलिसमा जागिर खाएकाहरु गाउँका ‘सेलिब्रेटि’ भएका छन् । म सम्झन्छु, टेलिभिजनमा मैले समाचार वाचन गरेको देखेर मेरा बाबालाई हप्तौँ धार्के बजारले ‘फ्रि’ मा ‘च्या’ ख्वाएको थ्यो । 

……………………….

यहि ‘फुन’ (फोन) खप्परोले नि हो, मलाई दशा लाग्या त । त्यो दिन घण्टी लाग्देन । अघिल्लो दिन पधेँरामा हाम्रो ‘पलान’ (प्लान) बनेको थ्यो । सवा १० बजे बरबोटेमा भेट्ने । जे पाईन्छ, त्यहि रोकेर जाने । घरबाट महोत्सव भा ठाममा आउन करिब एक घण्टा लाग्थ्यो, गाडिमा । सबेरै घरको काम सकेर आमा बा पखेराबारीमा मल फिँजाउन गएछन् । म व्युझिँदा साढे आठ । बस्तुभाउलाई कुँडोपानी, भकारो, बढारकुँडार, भात पकाउ गर्दा ११ बज्यो । जे पर्छ, पर्छ । महोत्सब हेर्न जान म एक्लै घरबाट निस्के । मैले त्यहि चानचुन ६ सय जति खुजुरा पैसा बोकेको थिएँ । बरबोटेमा पुग्दा कोहि भेटिएनन् । म माथि ‘रोटाँ’ (रोडमा) पुगे । रोड पुरै सुनसान थ्यो । परबाटस्पिडमा एउटा बाईक आयो । झण्डै मारेन, त्यस्का बाउ ! मैले गालि गरे । मेरो गोडानिर ल्याएर रोकेर हेलमेट खोल्यो । लौ समिरे रैछ । 

समिर….?को हो यो फेरि म सोच्दै थिएँ । 
“अँ त्यो हाम्रै गाउँको । मुर्दो ।” 
अब कोपिला पुरै आक्रोशित हुन लागिन् । 

गाउँमा सब्बैले मलाई राम्री भन्थे । कक्षामा केटाहरु “ओई पोक्ची एकपटक हाँस्त तेरो डिम्पल हेरुम भन्थे । मलाई ऐना हेरिहेरि मुस्कुराउन मन लाग्थ्यो । तर बिडम्बना ! घरमा एक छाक बल्लतल्ल पुगेर अर्को छाकको पिरलो सुरु हुन्थ्यो

त्यो बज्जे ! ७ कक्षामा पढ्दा पढ्दै हेडमास्टरको छोरी सुनितालाई मन पराउँछु भन्दै दस गाम फिँजाको थ्यो । स्कुल जाने गोरेटो बाटो छेउको क्यात्तुकेको पातभरी स्कुलबाट चोरेको चकले एस. प्लस एस., एस. आई लभ यु लेख्दै हिडेको था’थाहा पाएर हेडमास्टरले सिस्नुपानी ला’र स्कुलबाट ‘आउट’ गर्देको । पछि काठमाडौँको बसपार्कतिर गएर गाडि बनाउने ठाममा काम थालेछ । ८ कक्षाको जिल्लास्तरीय परिक्षा दिन ‘एक्जाम सेन्टर’ जाने बेलाँ हामी सब्बैको बसभाडा तिर्देको थ्यो । 
अब उ हल्का ‘कुल’ थिई । उल्कै पैसा कमायो रे लौ समिरेले भन्थे पधेर्नीहरु । नानीमैयाँ माईजुले कुन चाहिँ भाग्यमानि होला त्यो सँग बे गर्नी ? भन्दा मेरो मन कताकता पुलकित हुन थालेको थियो । किनकी गाउँमा सब्बैले मलाई राम्री भन्थे । कक्षामा केटाहरु “ओई पोक्ची एकपटक हाँस्त तेरो डिम्पल हेरुम भन्थे । मलाई ऐना हेरिहेरि मुस्कुराउन मन लाग्थ्यो । तर बिडम्बना ! घरमा एक छाक बल्लतल्ल पुगेर अर्को छाकको पिरलो सुरु हुन्थ्यो ।
पोहोर सब्बै गाउँलेको घरमा ढलान गरेको चर्पी बनाउने भनेर त्यसले विदेशी ल्याएको थ्यो गाउँमा । बेलुका गाउँको विकासको लागि सल्लाह गर्न चौतारोमा सबैजना भेला हुन्थे । हामी विदेशीलाई ‘नमस्ते’ र ‘ह्वाट ईज दिस्’ मात्रै भन्थ्यौँ ? उनिहरु मरिमरि हाँस्थे । सबैको आँखा छलेर समिर चाहिँ मलाई आँखा सन्काउथ्यो । 
त्यस्को र मेरो भेटघाट लुकीचोरी हुन थाल्यो । उ मलेखु आउँथ्यो। साईली दिदीको घर त्याँ भएकोले मलाई पनि त्याँ जान सजिलो पथ्र्यो । करिब ३ महिना त हामी बाक्लै सम्पर्कमा थ्यौँ । 
बाक्लै भन्नाले ? पुलिस अफिसर जिज्ञासु भए ।
“महिनामा २ पटक ।” कोपिलाले जवाफ दिई । 
………….
एकाएक समिर सम्पर्कविहिन भयो । हाम्रो भेटघाट र फोन नभएको डेढ महिना बढि भईसकेको थियो । 

…………………….
११ कक्षाको जाँच आउन १५/२० दिन थ्यो । र पनि हामीले ‘न्यु एर’ मान्ने भनेर महोत्सव जाने योजना बनाएका थ्यौँ । 

अचानक समिरलाई देख्दा म रुन न हाँस्नु भएँ । म त  भलभल आशु झारेरै रोएँ । धक फुकाएर रोएँ । उसले काठमाडौँमा काम खोजीदिन्छु, बिहा गर्छु, रानी बनाएर राख्छु भनेको वाचाहरु बिर्सियो भन्ने लागेको थ्यो । तर त्यसो होईन रहेछ । उ केहि काम परेर ईन्डिया गएको रहेछ । मलेखु पुलैनिर पुगेपछि उसले अब सिधा काठमाडौँ लैजान्छु भन्यो । म पनि राजी भए । 

प्रेम साच्चै अन्धो हुँदो रैछ । मैले बुढा भएका बा, आमा, दिदि, आफन्त कसैलाई सम्झिईनन । सम्झिए त केवल समिरको अँगालो, एउटा सुन्दर घर अनि सुखि जीवन ।  हामीले मलेखुपुलमा सेल्फी खिच्यौँ । उसले त फेसबुकमा राख्ने स्टाईलको खिचाएको थ्यो । मेरो’मा भाको यहि त हो । 

कोपिला फोटो ‘जुम ईन’ गर्दै थिई । उनिहरुले गाला जोडेर मलेखु पुललाई ब्यागराउण्डमा राखेर फोटो लिएका रहेछन् । 

मलाई नाँचम् – नाँचुम् झै भयो । नाँचेपनि । तर अरुको जस्तो ताल मिलेको थिएन । अरुहरु उफ्रेको बेला म घुम्थे । अरु घुम्दा म रोकिन्थेँ ।यहाँ त किनबेच पनि थाहा नहुने हिसाबले गरिदो रै’छ । नग्न भएवापत दिईने पैसा, छाडा केटाहरुले सुम्सुम्याएवापत दिने पैसा, केटाहरुको यौनईच्छा पुरा गरेवापत प्राप्त हुने पैसा त्यहि आईमाईले राख्छे र त्यहाँ झुक्काईएर, ठगेर पु¥याईएका  केटिहरुलाई सिर्फ भात ख्वाउँछे ।

‘त्यसपछि हामी बाईकमा काठमाडौँ आयौँ । शहर म पहिलो चोटि आएकी थिए । त्यहिपनि हराईसकेको सपना विपनामा परिणत भएकोले अब दुखका दिन गए कोपिला भन्दै मनमनै मख्ख थिएँ ।  बाफ्रे ! कस्ता लाज नभाका केटिहरु पुरै नाङ्गिएर नाच्दा रैछन् । काठमाडौँ आएकै दिन समिरले मलाई ‘सुन्धारा’ भन्ने ठाम्को डिस्को लग्यो । धुँवामा मान्छेहरु नाचेको देखेर म तिनछक परे । समिरले पनि अर्कै पाराले नाच्न जानेको रहेछ । उ पनि नाच्दै थ्यो ।मलाई पनि नाच्न कर ग¥यो । मैले नाँचिन । पाँच ÷पाँच मिनेटको फरकमा उसका नयाँ साथी आउथे र उसलाई ‘हाई’ भन्दै हात मिलाउथे । केटिहरुचाँहि गाला जोड्थे । पछि उसका सबै साथहरु हातमा गिलास लिएर नाच्न लागे । म घुलमिल हुन सकिन ।तर यो मैले रोजेको दिन थियो । 
सबै आफ्नै तालमा थिए । समिर मलाई पिउन अनुरोध गर्दै थ्यो । मैले गाममा घरमै पारेको जाँड चाखेकी थिएँ । समिरले कर गरेर हातमा थमाएको एक ग्लासपिएपछि मलाई पुरै तरंगित अनुभव भयो । मलाई नाँचम् – नाँचुम् झै भयो । नाँचेपनि । तर अरुको जस्तो ताल मिलेको थिएन । अरुहरु उफ्रेको बेला म घुम्थे । अरु घुम्दा म रोकिन्थेँ । समिरले अर्को ग्लास दियो ।मैले झिमझिम म्युजिकको तालमा तनक्कै पारेँ । अब मेरा आँखाहरु तिरिमिरी हुन थालेका थिएँ । उफ्रिँदा–उफ्रिँदा मलाई रिँगटा लाग्यो ।अब सहारा नभई एक पाईलो अघि बढाउने हिम्मत ममा थिएन । समिर पनि लठ्ठ थियो । समिर र म बाईकमा हुईकियौँ । कुन चोक, कुन ठाउँ, कुन घरमा लग्यो पत्तो थिएन तर उसले निकैचोटि लडाउँलाझै गरेको थियो । 
………………..
ढक्ढक् आवाजले मेरो निद्रा खुल्यो । एकछिन् त अलमल्ल परेँ । अनि लुगा लगाएर ढोका खोल्छु त एउटी मोटि आईमाई हातमा चुरोट सल्काउँदै आएर मलाई गालि गर्न थाली । सुतेरै खान्छु भन्ने सोचेकी छस् ? हँ ?
यो बेसोमतीले आवाजले म तर्से । के भो ? खै समिर ?मैले एकै श्वासमा सोँधे । 
उसले कुटिल हाँसो हाँसी । म डराएँ । 
……………………
त्यो नखरमउली आईमाईले म जस्तै अरु ५ जना जति केटिहरुलाई पनि किनेकी छ । १ जना त समिरले ल्याएको रहेछ । यहाँ त किनबेच पनि थाहा नहुने हिसाबले गरिदो रै’छ । नग्न भएवापत दिईने पैसा, छाडा केटाहरुले सुम्सुम्याएवापत दिने पैसा, केटाहरुको यौनईच्छा पुरा गरेवापत प्राप्त हुने पैसा त्यहि आईमाईले राख्छे र त्यहाँ झुक्काईएर, ठगेर पु¥याईएका  केटिहरुलाई सिर्फ भात ख्वाउँछे । त्यो आईमाई छोरीहरुको व्यापार गर्छे । 
स्कुलमा सरले भन्थे,“बेच्न बम्मै लान्छन् । होसीयार हुनु । तर म त ठमेलमा बेचिएँ सर ।”
कोपिला कोलोहाल गरेर रुन थाली । 
म नजिकै उभिएकी महिला प्रहरीको आँखाको डिलबाट आँशु ‘तप्प’ खस्ने तरखरमा थियो । 

अनि यहाँ चाहिँ कसरी आईपुग्यौ त ? उनै प्रहरीले सोधीन् । 
“मलाई त्यहि बेचिएका केटिहरुले भगाईदिए, दिदि । ‘हामी बर्बाद भईसक्यौँ, तिमी भाग भने अनि म ‘नछुने’ भएकोले ‘प्याड’ किन्ने बहानामा बाहिर निस्के र बेतोडले दगुरेर यहाँ आएँ । धन्न म बेचिएर पनि भाग्न सकेँ । मलाई डर लागिरहेछ । त्यो समिरेलाई जेल हाल्नुस् सर ।”

…………

कोपिलाको मायाले मेरो मन भरिएर आयो । बादलजस्तै आकाश छुन उडिरहेका एक थान सपना ‘सेफ ल्यान्डिङ’ हुन सकेन । 
सोँचे, “मायाको जातै बैगुनी ।”

…………………..

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?