धुर्व र सारिकाको ‘कन्फ्युजन’ गीत रिलिज (भिडियो)

काठमाडौं । गायक धुर्व विस्को र नायिकाबाट गायिका बनेकी सारिका घिमिरेको स्वरमा रहेको नयाँ गीत 'कन्फ्युजन'को भिडियो रिलिज गरिएको छ । गायक धुर्वले गायिका तथा नायिका सारिकालाई दिलको कन्फ्युजन मेटाउन आग्रह गीत मार्फत गरिरहेका छन् ।

अभिनास थापाको शब्द रहेको गीतलाई भिम बिसीले कम्पोज गरेका हुन् । सार्वजनिक गीतमा चुपर हिरोज क्रियु, केविका खत्रीका साथै धुर्व र सारिकालाई फिचर्ड गरिएको छ । चुपर हिरोज क्रियुको डान्सले गीतलाई उत्कृष्ठ बनाएको छ । राज खत्रीले निर्देशन गरेको भिडियोलाई जनकराज अधिकारीले छायांकन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?