योग र ध्यान गर्दा यस्तो छ फाइदा

लण्डन – योगीको ध्यान वा योगले दिमाग तेज हुने दाबी पुष्टि भएको छ । एक नयाँ शोधले यस्तो बताएको छ ।

शोधका अनुसार ध्यान या  श्वाससँग जोडिएका व्यायाम गर्दा दिमाग मजबूत हुन्छ र काममा ध्यान केन्द्रित गर्न मद्दत गर्छ ।

डबलिनको त्रिनिटी कलेजका शोधका प्रमुख खोजकर्ता इयाँन रोबर्टसनले भनेका छन्, ‘हाम्रो शोधले बताउँछ कि, श्वास केन्द्रित व्यायाम वा दिमागको स्थिरताका बीच मजबूत सम्बन्ध हुन्छ ।’

यस शोधको निष्कर्ष एक पत्रिकाले प्रकाशन गरेको थियो । साइकोफिजियोलोजी नामक पत्रिकाका अनुसार श्वसन र ध्यानका बीच न्यूरोफिजियोलिकल सम्बनधको बताएका छन् ।

शोधबाट पत्ता लगाइएको छ कि, सास फेर्नु पनि ध्यानको एक प्रमुख तत्त्व र दिमागी व्यायाम हो । यसले सिधै हिसाबमा प्राकृतिक रासायनिक सन्देश पठाउने स्तरलाई प्रभावित गर्छ ।

जसले गर्दा हाम्रो चुनौती, उत्सुकता, व्यापाम, ध्यान केन्द्रित, या भावनात्मक रुपमा उत्तेजित हुनेमा जारी हुन्छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?