गगन अयडी
धनगढी – नेपालमा राजनैतिक क्रान्ति भएपनि औद्योगीक क्रान्ति हुन नसकेको धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले बताएका छन् ।
रोजगारी सृजना गर्न उद्यमसिल्ता प्रमुख आधार रहेको भन्दै उनले बुद्धि र बल भएका युवाहरु विदेश गैरहेकाले देशको विकासमा समस्या हुने बताए । महिला पुनस्थपना केन्द्र (ओरेक)ले धनगढीमा गरेको अन्तरक्रृया कार्यक्रमा उनले संघ सस्थाहरुले दिने तालिमबाट उत्पादीत जनसक्ती विदेशी रहेका समेत बताए ।
व्यवसायी दिनेशराज भण्डारीले शिक्षित ब्याक्ति बढी वेरोजगार रहेका बताए । नेपालीहरु भारत लगाएत अन्य मुलुकहरुमा स–साना कामहरु गर्ने तर नेपालमा काम नगर्ने प्रविधिले देशमा वेरोजगार समस्या विकराल बन्दै गएको उनले बताए ।
अन्तरक्रृया कार्यक्रमका सहभागीहरुले प्रदेशको समृद्धिकालागि औद्योगीक क्षेत्रको विकास प्रमुख आधार रहेको बताएका छन । उनिहरुले उद्योग सञ्चालनमा आए प्रदेशबाट दैनिक विदेश गैरहेका युवाहरुले नेपालमा नै रोजगारी पाउने बताएका छन ।
प्रदेश नम्बर सातमा उद्योग कम भएकाले युवाहरुले विदेशीनु परेको उनिहरुको भनाई छ । प्रदेशका पहाडी जिल्लाहरु संगै कैलाली, कञ्चनपुरमा कृषिको ठुलो सम्भावना भएपनि नेपालीहरुले श्रम गर्न लाज मानीरहेका सेवक नेपालका जयदेव विष्टले बताए ।
अन्तरक्रृया कार्यक्रमका सहभागीहरुले देशमा तिन तहका सरकार भएपनि रोजगारी सृजना गर्ने बिषयमा कुनै वास्ता नगरेका आरोप लगाएका छन । स्थानीय तह तथा संघ सस्थाहरुले आवस्यक्ता अनुसार तालिम प्रदान गर्नु पर्ने ज्ञानेन्द्र शाहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया