र्इसार्इ पादरीले गरे बालबालिकाको याैन शोषण

भेटिकन सिटी : चिलीका चर्चहरूमा बालबालिकामाथिको यौन दुर्व्यबहार प्रकरणलाई लिएर यहाँका सवै क्रिश्चियन धर्मगुरूले राजिनामा दिएका छन् ।

चिलीको चर्चमा बालयौन दुराचारका कुराले विश्वभर चर्च र क्रिश्चियन धर्मगुरूबारे नकारात्मक सन्देश फैलिएपछि यसको समाधानका लागि भन्दै चिलीका ३४ धर्मगुरूले पोप फ्रान्सिससमक्ष राजिनामा दिएका हुन् । उनीहरूले पोपसँगको तीन दिन लामो छलफलपछि राजिनामा दिन सहमत भएका हुन् । पोप फ्रान्सिस र्इसार्इ धर्मका सर्वोच्च व्यक्ति हुन् ।

चिलीका पादरीहरूको प्रवक्ताले बिहिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “रोममा रहेका हामी सवै धर्मगुरूले धर्मपिता पोपसमक्ष राजिनामा पेश गरेका छौँ । यसबाट उहाँलाई हामीमाथि छानविन गर्न सजिलो हुनेमा हामी पूर्ण विश्वस्त छौँ ।” 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?