लेहेंगा-चोलीका कारण बन्यो आलिया भट्टको ट्रोल, फ्यानहरुले गरे उर्फी ​​जावेदसँग तुलना

लोकपथ
371
Shares

काठमाडौं । बलिउडमा विवाहको सिजन चलिरहेको छ । बलिउड सेलिब्रेटीहरुले एकपछि अर्को विवाह गर्ने खबरहरु बाहिर आइरहेका छन् । एकातिर राजकुमार राव र पत्रलेखाले हालै सात फेरा लिएका छन् भने विक्की कौशल र कट्रिना कैफ छिट्टै विवाह गर्ने खबर पनि बाहिर आएको छ ।

यसैबीच, आदित्य सिल र अनुष्का रञ्जन पनि आज सात फेरो लिन लागेका छन्। हिजो राति उनीहरुको एक संगीत कार्यक्रम थियो जसमा उद्योगका धेरै दिग्गजहरू उपस्थित भएका थिए।

उक्त कार्यक्रममा आलिया भट्ट, क्रिस्टल डिसुजा, वाणी कपूर, रविना टन्डन, भूमि पेडनेकर र अन्य धेरै अभिनेत्रीहरूले आफ्नो नृत्य प्रस्तुतिले सबैलाई चकित पारेका थिए।

आलिया भट्टको तस्बिर र भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । आलिया भट्टका तस्बिरहरू पनि इन्टरनेटमा हेडलाइन बनिरहेका छन् ।

यद्यपि केही प्रयोगकर्ताहरूलाई उनको लेहेंगा चोली लगाउने शैली मन पराएका छैनन् । पहिरनका कारण उनको निकै ट्रोल गरेका छन् ।

आलिया भट्ट

आलियाले क्रस नेक ब्लाउजको साथ लाइम ग्रीन लेहेंगा लगाएकी थिइन् । फ्यानहरुले आलियाको लेहेंगा मन त पराए तर उनको अनौठो स्टाइलको ब्लाउजलाई भने मन पराएका छैनन् । ब्लाउजका कारण उनले निकै ट्रोलको सामना गरिरहेकी छिन् ।

एक प्रयोगकर्ताले लेअ‍ेका छन् ‘परम्परागत कपडालाई श्रद्धांजलि’। एकजनाले लेखेका छन्, ‘फेसन डिजास्टर अवार्ड मिस आलिया भट्टलाई ’। एक जनाले आलियालाई बिग बोस ओटीटी फेम उर्फी ​​जावेदसँग पनि तुलना गरेका छन्, जो आजकल आफ्नो अनौठो लुगाका कारण चर्चामा छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?