मुम्बई । संसारभरकै सेलिब्रेटीमा आफ्नो शरीरमा ट्याटु खोपाउने ट्रेन्ड चलेको छ । होलिउडका स्टार यो रेसमा सबैभन्दा अगाडि रहेको पाइन्छ । पछिल्लो समय ट्याटु खोपाउने रेस बलिउड सेलिब्रेटीमा पनि देख्न सकिन्छ । बलिउडमा धेरै स्टारले भगवान र आफ्नो प्रेमका लागि पनि ट्याटु खोपाएका छन् ।
अक्षय कुमार
बलिउडका खेलाडी कुमार अक्षय कुमारले आफ्नो काँधमा श्रीमती ट्विङ्कलको नेक नाम टिना नामको ट्याटु खोपाएको छन् । साथमा उनले आफ्नो शरीरमा छोरा आरब र छोरी निताराको नामको ट्याटु पनि बनाएका छन् ।
सैफअली खान
सैफले करिनाका लागि बनाएको ट्याटु निकै चर्चित थियो । तर पछि खबर आयो, यो अस्थायी ट्याटु थियो । सैफले अहिले यो हटाएका छन् । तर उनको हातमा रहेको उनकी श्रीमतीको ट्याटु भने अझै देख्न सकिन्छ ।
ऋतिक र सुजैन
बलिउडमा सबैभन्दा सुन्दर र चार्मिङ जोडी ऋतिक र सुजैनको मानिन्थ्यो । यी दुवैले शरीरमा एकै खालका ट्याटु खोपाएका थिए ।
दीपिका पादुकोण
दीपिकाले अभिनेता रणवीर कपुरसँगको रिलेसनसिपमा रहेको समयमा आफ्नो गर्दनमा आरके नामका ट्याटु खोपाएकी थिइन् । तर यी दुवैको केही वर्ष पहिले ब्रेकअप भयो ।
उर्वशी रौतेला
अभिनेत्री उर्वशीले आफ्नो कम्मरको तल्लो भागमा ट्याटु बनाएकी छन् । उनले ट्याटुमा ‘अम्बरा दि क्विन’ लेखाएकी छन् । उनको यो ट्याटु निकै हट देखिएको छ । ट्याटु सही ठाउँमा बनाइएको चर्चा छ ।
प्रियङ्का चोपडा
प्रियङ्काले अङ्ग्रेजी भाषामा ट्याटु बनाएकी छन् । जुन ट्याटु प्रियङ्काले पिताका लागि समर्पित गरेकी छन् । सो समय उनी पिताको निकै नजिक थिइन् । उनले हातमा खोपाएको ट्याटुमा ‘ड्याडिज् लिल गर्ल’ लेखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया