साउदीका महिलाले गरे : ट्रोल ब्याक

प्रेरणा तिमल्सिना – हो, महिला अधिकारका विषयमा विश्वकै सङ्कुचित देश साउदीका महिलाले पुरुषलाई ‘ट्रोल ब्याक’ गरेका छन् ।
सन् २०१८ देखि कानुनी रुपमा महिलालाई ड्राइभिङ गर्न अनुमति दिने भएपछि साउदीका पुरुषहरुले यो नियमविरुद्ध तिमीहरु ड्राइभ गर्ने छैनौ भन्दै सामाजिक सन्जालमा विभिन्न ट्रोल सार्वजनिक गरेका थिए । सोमवार यता ‘ह्यासट्याग तिमीहरु ड्राइभ गर्ने छैनौ’ पैसठ्ठी हजार पटक ट्वीटरमा प्रयोग भएको छ । 
यसको प्रतिंक्रयामा महिलाहरुले सामाजिक सन्जालमा आफ्नो गाडीको,आफू ड्राइभिङ सिटमा बसेको फोटो र विभिन्न स्टाटसमार्फत हामी ड्राइभ गर्न सक्छौँ भन्दै दरो जवाफ दिएका छन् ।

सन् १९९० मा यो कानुन विरुद्ध साउदीका ४७ जना महिलाले सर्वप्रथम विरोध जनाएका थिए । निक्कै लामो सङ्घर्ष पश्चात् सफलता हात पर्न खोज्दा पनि यस्ता नकारात्मक प्रतिक्रिया आएपछि महिलाहरुले यस्तो कदम चालेका हुन् । 
आफ्नो अधिकारका लागि आवाज उठाउन सक्षम हुनु भनेको साउदी महिलाको स्तरवृद्धिको ठूलो सङ्केत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?