११ लाख अमेरिकी डलरमा एक बोतल ह्विस्की

एजेन्सी: हंगकंगमा आयोजित डाक लिलाममा एक बोतल जौबाट बनेको ह्विस्की ११ लाख डलरमा बिक्री भएको छ ।

१९२६ म्याकालान स्कच ह्विस्की यो लिलाममा ११ लाख अमेरिकी डलर बराबरमा बिक्री भयो । यो ह्विस्कीको लिलाम तीस वर्ष अघि भएको थियो । त्यस समययता यो ह्विस्कीलाई सार्वजनिकरूपमा देखिएको थिएन् ।

ठूला सर्वाधिक मूल्यवान ग्राहकका लागि यो ह्विस्कीका २४ बोतल मात्र उत्पादन गरिएको थियो । यो ह्विस्कीको विशेषतमा पप आर्टिस्ट भलेरियो अडामीको लेबल छापिएको छ । 

यसअघि ह्विस्कीको रेकर्ड बिक्री सन् २०१७ मा भएको थियो । म्याकलानका ६ बोतल ह्विस्कीको मूल्य ७ लाख ३० हजार पाउन्ड स्टर्लिंगमा बिक्री गरिएको थियो । यसअघि म्याकलानको एक बोतलको मूल्य ४ लाख ६६ हजार पाउन्ड स्टर्लिंग थियो ।

यो ह्विस्की २०औं शताब्दीमा उत्पादन गरिएको लिलाम गराउने संस्थाका बोनहम्सका प्रमुख डेनियल लामले बताए । उनका अनुसार यसका खरिदकर्ता विश्वभरिका थिए तर नयाँ खरिदकर्ता दक्षिण पूर्वीएसिामा भियतनाम, थाइल्यान्ड र मलेसियाका पनि देखिएका छन् ।यसले ह्विस्कीका संग्रहकर्ता एसियामा बढेको देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?