इराकमा ४ हजार वर्ष पुरानो शहरको पहिचान

एजेन्सी : इराकको आधुनिक गाउँ बास्सेटकी नजिक कांस्य युगीन शहरका केही अवशेष फेला परेको छ । इराकको स्वायत्त क्षेत्र कुर्दिस्तानमा सन् २०१६मा गरिएको पुरातात्विक उत्खनन् कार्यबाट यो शहरको पहिचान गरिएको हो ।

यो कांस्य युगीन शहर ईसा पूर्व २२०० देखि १२००को बीचमा १००० भन्दा बढी समयसम्म रहेको अनुमान गरिएको छ । पृथ्वीको सबैभन्दा पुरानो सभ्यता प्रचीन मेसोपोटामियालाई मानिन्छ । यो सभ्यता अन्तर्गत धेरै शहरहरू रहेको मध्ये यो एक हुन सक्ने अनुमान गर्न सकिन्छ ।

सन् २०१७ उत्खनन् गरिएका माटोको भाँडामा लेखिएका तत्कालिन प्रचलित लिपिको अध्ययन गर्न युनिभर्सिटी अफ हेइडलबर्गका भाषा विज्ञहरू लागि परेका छन् । तर अझसम्म त्यसको रहस्य खोलिएको छ्रैन् ।

प्राचीन आलेखहरूमा एक महत्वपूर्ण शहर मर्दमान नै यो शहर रहेको पुरातत्वविज्ञहरूले अनुमान गरेका छन् । मर्दमा वा मर्दमान असिरियन साम्राज्यको क्षेत्र भित्र पर्दथ्यो । लिपिहरू १२५० ईसा पूर्वका हुने देखिएको छ ।

त्यतिखेर मर्दमान एक ठूलो व्यापारिक केन्द्र थियो ।यो मेसोपोटामिया, अनातोलिया आधुनिक टर्की र सिरियाबीचको व्यापारिक मार्गमा मर्दमान रहेको छ । यो शहरमाथि धेरै पटक कब्जा गरियो र यसलाई धेरै पटक निर्माण गरियो ।

तर ईशापूर्व १८ औं शताब्दीको कुनै समयमा जाग्रोस पहाडी नजिक रहेका टुरुकाइनीहरूबाट यसलाई ध्वस्त गरिएपछि यसको बारेमा प्राचीन आलेखहरूमा उल्लेख भएको पाइदैन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?