भारतीय कूटनीतिज्ञलाई जासुसी गरेकोमा जेल सजाय

नयाँदिल्ली । एकजना भारतीय कूटनीतिज्ञलाई भारतका विरुद्धमा पाकिस्तानलाई जासुसी गरेको भन्दै तीन वर्षको जेल सजायँ सुनाइएको छ । 

भारतीय कूटनीतिज्ञ माधुरी गुप्ताले पाकिस्तानमा रहेर कामगर्दा आफ्नो देशका विरुद्धमा पाकिस्तानलाई नै गोप्य सूचना दिएको आरोप उनीमाथि लगाइएको थियो । 

गुप्ता ६१ वर्षको हुनुहुन्छ । उनले पाकिस्तानस्थित भारतीय राजदूताबासमा रहेर कामगर्दा पाकिस्तानको गुप्तचर संस्था आइएसआइलाई सूचना दिएको आरोप लगाइएको थियो । 

उहाँलाई सोही आरोपमा सन् २०१० मा नियन्त्रणमा लिइएको थियो । उनको मुद्दा जारी रहेको थियो । मुद्दाको अन्तिम सुनुवाईका क्रममा आइतबार उनले भारतको गोप्य सूचना चुहाएको पाइएको भन्दै अदालतले तीन वर्षको जेल सजायँ सुनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?