आइपीएलमा सन्दीपले लिए विकेट

मुम्बई । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले आइपिएलको आजको खेलमा विकेट लिएका छन् ।

उनले आज आइतवारको खेलमा पनि मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादवलाई आउट गरेका छन् । उनले पहिलो ओभरमा १३ रन खर्चिएपछि विकेट लिएका हुन् ।

सन्दीपले यसअघि बैंगलोर र चैन्नईविरुद्धको खेलमा पनि १–१ विकेट लिन सफल भएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?