निर्माता वाग्ले मुछिएको दुई करोड ६० लाख रुपैयाँ नक्कली भएको राष्ट्र बैंकद्वारा पुष्टि

काठमाडौ‌ । गत बुधवार प्रहरीले बरामद गरेको २ करोड ६० लाख ६३ हजार रुपैयाँ नक्कली भएको नेपाल राष्ट्र बैंकले पुष्टि गरेको छ ।

नक्कली नोट प्रकरणमा फिल्म निर्माता माधव वाग्लेसहित ६ जनालाई पक्राउ गरेको थियो भने नक्कली रकम पनि बरामद गरेको थियो ।

प्रहरीले बरामद गरेको रकमबाट १ हजार दरका १० वटा नोट परीक्षण गर्दा नक्कली भएको राष्ट्र बैंकले जनाउँदै कानूनी प्रक्रिया अगाडि बढाउन निर्देशन समेत दिएको छ ।

निर्माता वाग्लेले फिल्मको प्रयोजनका लागि नोट छापेको बताएका थिए । उनको कोठाबाट मात्रै २ करोड ५२ लाख रुपैयाँ बरामद गरेको थियो । उनलाई अरुलाई समाएको तीन दिनपछि मात्र प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?