वैदेशिक रोजगारमा सिन्डिकेट लाद्ने पाँच सञ्चालक प्रहरी खोरमा

काठमाडौं । वैदेशिक रोजगारका नाममा सिन्डिकेट लाद्ने पाँचजना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष गरी मलेसिया जाने कामदारमाथि स्वास्थ्य शुल्कका अतिरिक्त आर्थिक भार थपेर अवैध धन्दा चलाइरहेका पाँचजना ब्यवसायी पक्राउ परेका हुन ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार, हार्भेष्ट मुन ग्रुपका सञ्चालक रामप्रसाद श्रेष्ठ, सुपरहेल्थ केयर सुकेधाराका सञ्चालक केशर थापा, स्वर्णिम मेडिकल सुन्धाराका सञ्चालक देवेन्द्र आचार्य र गणेश तिमिल्सेना र कुलेश्वर पोली क्लिनिकका सञ्चालक मोनिका श्रेष्ठ पक्राउ परेका छन् ।
परिसरले मुन ग्रुप अन्तरगत रहेको गैरीधारास्थित भीएलएनको कार्यालयमा छापा मारी श्रेष्ठलाई दिउसो पक्राउ गरेको हो ।
वाइड स्पेस म्यानपावरका सञ्चालक श्रेष्ठ हारभेष्ट मुन ट्राभलका सञ्चालक पनि हुन् । सरकारबाट अनुमति नै नलिई मलेसियन सरकारका उच्च अधिकारीसँग मिलेमतोमा नेपाली कामदारबाट ३२ सय र वानस्टप सेन्टरको नाममा करबाहेक २८ सय अशुल्ने गरेको पाइएको छ ।
त्यस्तैं, पक्राउ परेका अन्य सञ्चालकहरुले नक्कली कागज पत्र खडा गरी ३२ सय रुपैयाँ असुल्दै आएका छन ।
उनीहरुको यो धन्दा २०७० कात्तिकदेखि चलिरहेको थियो , ७ सय रुपैयाँमा हुने कामका लागि उनले ३२ सय अशुल्दा कामदार मर्कामा परेका थिए ।
स्रोतका अनुसार, नेपाली कामदारले मलेसिया जान झण्डै  १७ हजार नगद  विभिन्न अवैध संघसंस्थाहरूलाई बुझाउनु पर्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?