अफगानिस्तान : अफगानिस्तानको उत्तरी क्षेत्र जाउजानमा सरकारी सुरक्षा फौजले विगत दुई दिन यता गरेका कारबाहीमा कम्तीमा ६३ जना तालिवान लडाकूको मृत्यु छ । अफगान सेनाका प्रवक्ता मोहम्मद हानिफ रेजाईले आइतबार सैन्य कारबाहीको पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन् ।
उत्तरी कारकिन जिल्लामा तालिवान लडाकूले सुरक्षा जाँच केन्द्रलाई लक्षित गरी गरिएका आक्रमणको प्रतिकारका क्रममा ६३ जना तालिवान लडाकूको मारिएका हुन्अ, अन्य २७ लडाकू घाइते भएको सेनाले दाबी गरेको छ । तालिवानसँगको भिडन्तमा ६ सैनिक पनि मारिएका छन् ।
गत अप्रिल २५ गतेदेखि तालिवानले यस वर्षको सरकार विरोधी अभियान थालेका छ । तर अफगान सरकारले चाहिँ उक्त क्षेत्रलार्इ तालिवान विद्रोहीको प्रभावबाट स्वतन्त्र पार्न व्यापक सैनिक कारबाही चलार्इरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया