भेनेजुएलामा पुनः निकोलास मदुरो विजयी

एजेन्सी : भेनेजुएलामा त्यहाँका राष्ट्रपति निकोलास मदुरो पुनः निर्वाचति भएकाछन् । प्रतिपक्षी एक समूहले राष्ट्रपति मदुरोले जालझेल गरेको आरोप लगाउँदै चुनाव बहिष्कार गरेको थियो । प्रारम्भिक जानकारीमा ४६ प्रतिशत मतदान भएको जनाइएको छ ।

प्रमुख प्रतिपक्षी उम्मेदवारी हेनरी फाल्कनले मतदान भएपछि  परिणाम बहिष्कार गर्ने जनाएका थिए । उनले यो निर्वाचन निष्पक्ष नभएकाले अर्को निर्वाचन गर्नुपर्ने माग गर्दै निर्वाचन परिणाम बहिष्कार गरे ।
९० प्रतिशत मत गणना भइसकेको अवस्थामा मदुरोले ६७.७ प्रतिशत मत प्राप्त गरेका छन् । फाल्कनले २१.२ प्रतिशत मत प्राप्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यो निर्वाचन परिणामलाई नमान्ने जनाएको छ । राष्ट्रसंघीयको अमेरिकी नियोगले यसलाई लोकतन्त्रको बेइज्जति भनेर टिप्पणी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?