पूर्वाधार बैंक स्थापनाका लागि राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल पूर्वाधार बैंक स्थापनाका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । 

राष्ट्र बैंकले नेपालमा सञ्चालित बैंक तथा वित्तिय संस्थाले पूर्वाधार निकास सम्बन्धी परियोजनामा साझा लगानी गर्न सक्ने गरी स्वीकृती दिएको छ । 

सैद्धान्तिक सहमति अनुसार बैंकले पूर्वाधार विकास सम्बन्धी परियोजना निर्माण तथा सञ्चालनको लागि आवश्यक पर्ने मेसिन, उपकरण तथा औजारहरुको खरिद–बिक्री, आपूर्ति र जडान सम्बन्धी कारोबारका लागि प्रतितपत्र खोल्ने साथै जमानत पत्र जारी गर्नेछ । 

त्यस्तै पूर्वाधार बैंकले राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक पुँजी रकम जुटाउनको लागि विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने र लिजीङ्ग कारोवार गर्न सक्नेछ । 

यसैगरी चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको सो बैंकमा समुहको तर्फबाट १२ अर्ब र सर्वसाधारण समुहको तर्फबाट ८ अर्ब सेयर पुँजी रहने छ । त्यस्तै बैंकमा नेपाल सरकारको तर्फबाट १० प्रतिशत, संस्थापकको तर्फबाट ५० प्रतिशत र सर्वसाधारण जनताको तर्फबाट ४० प्रतिशत सेयर रहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?