इ–कोली नामक ब्याक्टेरियाले कडा खालको पखाला लगाउने गर्छ । यो ब्याक्टेरियाले विशेष गरेर अल्पविकसित राष्ट्रका बच्चाहरुलाई असर गर्छ । बासिन्टन विश्वविद्यालयले गरेको एक नयाँ अध्ययनले यो ब्याक्टेरियाले ‘ए’ रगत समूह भएकाहरुलाई बढी असर गर्ने देखिएको छ । यसले ‘ओ’ र ‘बी’ रगत समूहलाई भने ‘ए’लाई जस्तो असर नपार्ने बताइएके छ ।
यसको कारणमा इ–कोली ब्याक्टेरियाले उत्सर्जन गर्ने प्रोटिन ‘ए’ रगत समूह भएकाहरुको आन्द्राका कोषहरुमा टासिने तर ‘ओ’ र ‘बी’ रगत समूहहरु भएकाहरुमा यसो नहुने भएकाले हो ।
‘रगत समूहमा यो रोगको गम्भिरतमा हुने भिन्नतामा यो प्रोटिनको हात हुने हामीले सोचेको छौं’ बासिन्टन विश्वविद्यालयका सहायक अनुसन्धानदाता जेम्स फ्लेकेन्स्टनले भने, “यो प्रोटिनलाई नष्ट गर्ने खोपले सम्भवत यो रोगको सबैभन्दा खतरामा रहेकाहरुलाई बचाउनेछन् ।”
अध्ययनको लागि यो अनुसन्धान समूहले १०० भन्दा बढी स्वस्थ स्वयमसेवकहरुलाई इ–कोली एक डोज सुई मार्फत दिएको थियो ।
–हिन्दुस्तान टाइम्सको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया