चिन्ताले हाडजोर्नी कमजोर पार्छ

एजेन्सी : चिन्ताले (एनजाइटी) महिलाको हाडजोर्नीलाई कमजोर पार्न सक्ने एक नयाँ अध्ययनले जनाएको छ । चिन्ताले हाडजोर्नीलाई कमजोर पार्ने  यस्तो जानकारी पहिलो पटक फेला परेको हो ।

महिलाको महिनाबारी बन्द भएपछि वा उमेर ढल्किदै गएपछि उनीहरूको हाडको खाँदिलोपन(घनत्व) तीव्रगतिले घटन शुरू हुन्छ । यसबेला हाड भाँच्चिने र अस्टियोपोरोसिस जस्ता बाथरोगको सम्भावना बढाउने अध्ययनबाट तथ्य फेला परेको हो । 

पुरूषहरूको भन्दा बढी महिलाहरूमा अस्टियोपोरोसिस रोग हुन्छ । यसको प्रमुख कारण महिनाबारी पछि एस्ट्रोजन नामक हार्मोनमा कमी आउँछ । यो एस्ट्रोजनले स्त्रित्वको निर्माण गर्छ । यो कमी भएपछि हाडको पिण्डलाई कमजोर बनाउँछ ।

एस्ट्रोजन कृत्रिमरूपमा पनि दिने गरिन्छ । यो एस्ट्रोजन महिलाहरूमा महिनाबारीमा हुने गडबडी ठीक पार्न दिइने गरिन्छ ।

यो प्रक्रिया अनिवार्य हुन्छ । यसको चरमपनामा अधिकांश अवस्था पुर्खाबाट सन्तानमा सर्ने गुण अनुवांशिक हुन्छ ।

तर इटालियनहरूको नयाँ अधययनले महिलामा हुने चिन्ताको तह र हाडजोर्नीको ताकतबीच सम्बन्ध भएको पता लागेको छ ।

विश्वभर एनजाइटी डिजर्डर र अस्टियोपोरोसिस दुबै अराजकढंगले  महिलाहरूलाई प्रभावित गरेको पाइएको छ । ३३ प्रतिशत महिलामा यस्तो समस्या देखिएको छ।
चिन्ता र तनावको उपचार नगरिएको अवस्थामा यसले महिलाको शरीरलाई आक्रमण गर्छ । यस्तो अवस्थतामा तनावले शरीरमा कोर्टिसोल नाम गरेको हार्मोन निकाल्न थाल्छ ।

 लडन र कुदन हाम्रो शरीरलाई सक्षम बनाउन आंशिकरूपले कोर्टिसोल हार्मोनको योगदान हुने गर्छ ।हाम्रो शरीरको चिप्लो तरल पदार्थ र रक्तचापलाई सन्तुलनमा  राख्दै हाम्रो यौन चाहनाजस्तो महत्वपूूर्ण शारीरिक प्रक्रियामा कमी ल्याउने काम यो हार्मोनले गर्छ ।

यसका साथै यो हार्मोनले रगतमा चीनी र चापको बृद्धि गराउने , यौन चाहना कम गराउने, मुखमा घाउ खटिरा ल्याउने , मोटोपनाको जोखिम बढाउने र तनावलाई बलियो पार्ने काम गर्ने गरेको पाइन्छ ।
युनिभर्सिटी हस्पिटल अफ मेसिनाका अनुसन्धानकर्ताहरूले हाडको घनत्वसँग तनावको सम्बन्ध रहेको जनाएका छन् ।

अध्ययनका लेखक डाक्टर एन्टोनियो क्याटालानोले भने “ चिन्तामा भएकी महिलाहरूले धुमपान वा कम खानेजस्ता स्वास्थ्यलाई कमजोर पार्ने चालचलनमा व्यस्त हुने गर्छिन् ।”
उनका अनुसार तनावको नकारात्मक असर हार्मोनले हाडलाई कमजोर पार्ने र हाड भाँचिने जोखिम बढाउँछ ।

यो अध्ययन २ सय महिलाहरूबीच गरिएको थियो । उनीहरू महिनाबारी समाप्त भएका  औसत उमेर ६८ वर्षका थिए । महिनाबारी समाप्त भएपछि महिलाहरूमा नाटकीय परिवर्तन आउने गरेको छ । एस्ट्रोजनमा आउने कमी पनि हो ।

महिलाहरूको हाड पूर्णरूपमा परिपक्कव हुन ३० वर्षको हाराहारीमा हुन्छ ।तर महिनाबारी बन्द भएपछि उनीहरूको हाड कमजोर हुन शुरू गर्छ । साथै नयाँ हाडकोशहरू बन्नु भन्दा हाड कमजोर हुने काम तीव्रगतिमा हुन्छ ।

एस्ट्रोजनले हाड कोश टुक्रिने प्रक्रियामा अवरोध सिर्जना गर्ने भूमिका खेल्छ । एस्ट्रोजनको कमीले हाड भाँचिने क्रम तीव्र हुन्छ ।

महिलाहरूको महिनाबारीमा देखिने अनियमितताका लागि एस्ट्रोजनको कमी हुने अधिकांश वैज्ञानिकहरूको बुझाइ छ । तर इटालियन वैज्ञानिकहरूले यसमा एस्ट्रोजनको कमीलाई मात्रै होइन महिलाहरूमा हुने चिन्ता पनि कारक रहेको पता लगाएका हुन् ।

बढी चिन्ता गर्ने महिलामा अन्यको तुलनामा हाड भाँचिने सम्भावना ४ प्रतिशतले बढी हुन्छ ।

चाक (हिप) भाँचिने सम्भावना ३ प्रतिशतले बढी हुन्छ । बढी चिन्ता गर्ने महिलामा भिटामिन डीको कमी हुन्छ । महिलाले धुमपान र मद्यपानजस्ता कुलतबाट टाढा रहेर आफूलाई सक्रिय पार्नुपर्ने देखिन्छ ।यसका साथै १२००एमजी क्याल्सिमको डोजका साथै म्यागेसियमको डोजले हाडलाई बलियो पार्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?