कति वर्ष पुगिन् शाहरुख खानकी छोरी?

मुम्बई – बलिउड सुपरस्टार शाहरुख खान र गौरी खानकी छोरी सुहाना १८ वर्ष पुगेकी छिन् । शाहरुखकी पत्नी गौरीले हरेक वर्ष झैं यस वर्ष पनि छोरीका तस्वीर शेयर गर्दै जन्मदिनको शुभकामना दिएकी छिन् ।

ती तस्वीरमा सुहाना क्युट देखिएकी छिन् । बलिउड स्टारका छोरीहरु मध्ये सुहानालाई पनि चर्चामा आइरहने स्टारका रुपमा मानिन्छ ।

सुहाना बुबाजस्तै सफल कलाकार बन्न चाहन्छिन् । शाहरुख खानले समेत उनको अभिनयको तारिफ गर्दै आएका छन् । विद्यालयका प्रतियोगितामा उनले आफ्नो कला देखाइसकेकी छिन् ।
उनलाई अभिनयमा एकदमै रुचि छ र थिएटर पनि गर्छिन् ।

उनी छिट्टै नै बलिउडमा आउने सम्भावना भएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?