नयाँ दिल्ली : भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका छन् ।
स्थानीय नागरिकहरूले आफ्नो क्षेत्रमा सञ्चालनमा रहेको खानीको लाईसेन्स अर्को २५ वर्षका लागि नवीकरण गर्न लागेको थाहा पाएपछि आन्दोलन शुरु गरेका बताइएको छ । विगत तीन महिनादेखि जारी आन्दोलन विगत केही दिन यता उग्र बनिरहेको थियो ।
मन्त्री डि जयकूमारका अनुसार करिब २० हजार आन्दोलनकारीको समूहले एक्कासी हिंसात्मक गतिविधि चलाएपछि प्रहरीले बल प्रयोग गर्नु परेको बताएका छन् । प्रशासनले घटनामा कति जनाको मृत्यु भएको भन्ने बिषयलाई पुष्टि गरिसकेको छैन । अान्दोलनकारीको मृत्यु भएपछि स्थानीय मन्त्री डी कुमारले मृत्यु भएका नागरिकका अाफन्तलार्इ सरकारले राहतको व्यवस्था गर्ने र घार्इतेको उपचार खर्च व्यहोर्ने प्रतिक्रिया दिएका छन् ।
स्थानीय जनताले खानीबाट आउने ग्यासका कारण विगत पाँच बर्षमा सयौँ नागरिकलाई श्वासप्रश्वाससम्बन्धि समस्या आएपछि उनीहरूले अस्पताल भर्ना भै उपचार गर्नुपरेको जनाउँदै तत्काल खानी बन्द गर्न माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया