काठमाडौं । वरिष्ठ फेसन डिजाइनर भर्जिल अबलोहको क्यान्सरसँग लामो समयदेखि लडाइँपछि आइतबार निधन भएको छ ।
अमेरिकी फेसन डिजाइनरको ४१ वर्षको उमेरमा निधन भएको हो । यो खबरले बलिउड जगतका साथै फेशन जगतमा शोकको लहर छाएको छ । भर्जिलको निधनपछि हलिउडका साथै बलिउड सेलिब्रेटीहरूले गहिरो शोक व्यक्त गरेका छन् ।
बलिउड निर्माता-निर्देशक करण जोहरले इन्स्टाग्राममा शोक व्यक्त गर्दै लेखेका छन्, ‘यति कम उमेरमा यी फेसन डिजाइनरको निधनले मलाई स्तब्ध बनाएको छ । यो हृदय विदारक समाचार हो। कस्तो प्रतिभाशाली फेसन डिजाइनर। उनीलाई पक्कै सम्झिनेछ । श्रद्धाञ्जली।’
बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम स्टोरीमा भर्जिलको तस्बिर सेयर गर्दै लेखेकी छिन् ‘कि जे भयोधेरै चाँडो भयो ।’
साथै, अनिल कपूरकी छोरी सोनम कपूरले पनि भर्जिलको परिवारप्रति समवेदना व्यक्त गरेकी छिन् । सोनमले लेखिन्, ‘धेरै दुःख लागेको छ, म उनको परिवारको पीडा बुझ्न सक्छु । आत्माले शान्ति पाओस्।’
बलिउड अभिनेता अभिषेक बच्चनले पनि शोक सन्देश लेखेका छन् -‘अभिषेकले रेस्ट इन पिस भर्जिल अबलोह ।’
उनको कलाकारितालाई सबैले माया गरेका थिए । ठूला सेलिब्रेटीहरूले उनीहरूले बनाएको पहिरन र फेसन स्टाइल पछ्याउँने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया