प्योङयाङ : उत्तर कोरियाले अमेरिकासँग दबाबमा नभर्इ कोरियाली प्रायद्वीपमा शान्ती स्थापना र भाैगोलिक रक्षाका लागि वार्ता हुन सक्ने जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिंगापुरमा नेता किम जोङ उनको भेटवार्ता हुनुअघि उत्तर कोरियाले यस्तो प्रतिक्रिया दिएको हो । शान्तीवार्ताकै क्रममा अमेरिकाले दक्षिण कोरियासँग मिलेर संयुक्त सैन्य अभ्यास गरेपछि उत्तर कोरिया चिढिएको छ ।
उत्तर कोरियाको आधिकारिक समाचार संस्था केसिएनएले आफ्नो समीक्षा पेजमा प्रकाशित लेखमा “अमेरिकासँग वार्ता गर्ने निर्णय गरेर नेता किमले कोरियाली प्रायद्वीप र यस क्षेत्रको शान्ति र स्थायित्वको रक्षाका लागि पहल गरेको” उल्लेख छ ।
नेता किमले वार्ताको घोषणा गरेर उत्तर कोरिया र अमेरिकाबीचको तिक्ततापूर्ण इतिहासलाई अन्त्य गर्ने रणनीतिक निर्णय लिएको र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई प्योङयाङमा स्वागत गरेको सो लेखमा उल्लेख छ । अमेरिकी विदेशमन्त्रीसँग श्रृखलावद्धरूपमा शान्ति र स्थायित्वका लागि महत्वपूर्ण र साहसी संवाद भएको केसिएनएले बताएको छ ।
समिक्षमा केही तर्क छन् जसले अमेरिकाको कडा खालको कूटनीतिक पहलका बाबजुद पनि सम्वादलाई सकाकरात्मक अघि बढाउन उत्तर कोरियाको पहल रह्यो । दक्षिण कोरियामा अमेरिकासितको संयुक्त सैन्य अभ्यास चलेसँगै क्रोधित बनेको प्योङयाङको यो भनाई आउनुलाई सकारात्मक रूपमा लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया