तिब्बतेली संस्कृति मासिदै गएको भन्नेलाई पाँच वर्ष जेल

एजेन्सी : तिब्बतेली भाषा संस्कृति मासिदै गएको भन्ने एक तिब्बतेली अभियानकर्तालाई चीनमा ५ वर्षको जेल सजाय सुनाइएको छ । ताशी वांगचुकले न्यूयोर्क टाइम्सलाई आफूले आफ्नो मातृभाषा संरक्षणमा लागेको भनेपछि उनलाई पृथकतावादलाई बढवा दिइरहेको आरोप लगाई जेल सजाय दिइएको हो ।

उनले न्यूयोर्क टाइम्सलाई सन् २०१६मा दिएको एक अन्तवार्तामा आफ्नो भाषा संस्कृति जोगाउँचु भनेका थिए । त्यो भिडियो सार्वजनिकभएपछि चिनियाँ अधिकारीहरूले उनलाई पक्राउ ग¥यो ।

एम्नेस्टी इन्टरनेशनलले चीनको यो निर्णयलाई बकबास भन्दा पनि बकवास भनी टिप्पणी गरेको छ । उनले न्यूयोर्क टाइम्सले सन् २०१५को अन्त्यतिर बनाएको डकुमेन्टरीमा तिब्बतेली भाषा र संस्कृति मासिदै गएको र आफू यसको संरक्षणमा प्रयासरत रहेको बताएको विषय बनाएर चीनले जेल हाल्ने गरेको निर्णयप्रति आपत्ति जनाउँदै एम्नेस्टी इन्टरनेशनलले यस्तो टिप्पणी गरेको हो ।

ताशीलाई २०२१मा रिहा गरिनेछ ।  तर उनका वकिलले चीनको यो निर्णय विरूद्ध पुनरावेदन गर्ने बताए । उनले भने “ उनले कुनै अपराध नै गरेका छैनन भने यो निर्णय हामी किन स्वीकार गर्ने ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?