एजेन्सी : एक कुवेती लगानीकर्ताले सन् १९९१को खाडी युद्धमा लडाइको मैदान बनेको इराकको दक्षिणी मरूभूमिमा १ लाख खजुरको रूख लगाउन खोजेका छन् । उनले यहाँ अस्ट्रिच र हरिणको संरक्षणका लागि प्राकृतिक निकुञ्ज बनाउन चाहेका छन् ।
कुवेतलाई त्यतिखेर इराकले कब्जामा लिएका बेला केही कुबेती कम्पनी इराकमा व्यापार गर्न छिरेका थिए । संयुक्त राष्ट्रसंघको पहलमा एक वर्ष पछि कुवेत मुक्त भएको थियो ।
अब्दुल अजिज अल बाबताइनले ५ करोड ८० लाख अमेरिकी डलर बराबरको लगानी बन्दरगाह शहर बासराबाट १५० किलोमिटर टाढा दक्षिणी बादियामा खजुरको खेतीमा गर्न चाहेका छन् ।
व्यवसायी बाबताइनका प्रतिनिधिले जनाए अनुसार आगामी ५ देखि ६ वर्ष भित्र १ लाख खजुरको रूख रोपिने छ । यो खजुर पहिले इराकमा बेचिने पछि यसलाई निर्यात गरिनेछ ।
यस परियोजना अन्तर्गत ५ हजार खजुरका रूख रोपिसकिएका छन् । विश्वको कुल खजुर उत्पादनको तीन चौथाइ उत्पादन इराक माको थियो । तर अहिले ५ प्रतिशत हिस्सा मात्र खजुरको विश्व उत्पादनमा रहेको छ । यस क्षेत्रमा ३५० किसिमका खजुरका रूख छन् ।
इराकमा युद्ध भइ सद्दाम हुसेनको शासन समेत समाप्त भइसकेको छ । त्यहाँको सशस्त्र द्वन्द्वका कारण खजुर उत्पादनमा कमी आयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया