म्याग्दीको मंगलेखानीमा सडक पुग्यो

रघुगंगा (म्याग्दी) : म्याग्दीको रघुगंगा गाउँपालिका-८, मंगलेखानीमा सडक पुगेको छ । 

गाउँपालिकाको आर्थिक सहयोगमा ७ नम्बर वडा नकलडाँडादेखि तीन किलोमिटर ५०० मिटर सडक विस्तार गरेर मंगलेमा सडक पु-याइएको हो । सडकबाट करीब १०० घरधुरी लाभान्वित भएका वडाध्यक्ष गमान छन्त्यालले जानकारी दिए । 

गाउँपालिकाको ८ लाख रूपैयाँ अनुदान सहयोगमा सडक निर्माण भएको हो । सडकमा जिप, ट्र्याक्टर, मोटरसाइकल चल्न थालेपछि आवतजावत, निर्माण तथा दैनिक उपभोग्य सामग्री र खाद्यान्न ढुवानीका साथै स्थानीय कृषिउपज निकासी गर्न सहज भएको छ । 

सडकको मंगलबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्दै भौगोलिकरुपमा विकट रघुगंगावासीको सुविधाका लागि सडक योजनालाई प्राथमिकता दिएको दाबी गरे। 

भौगोलिकरुपमा विकट गाउँमा सडक पुगेको खुशियालीमा स्थानीयवासीले नाचगान गरेर खुशियाली मनाएका छन् । सडक बनेपछि एक घण्टाको पैदलयात्रा २० मिनेटमा छोटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?