ललितपुर । ललितपुर जावलाखेलस्थित काठमाडौं डाइविटिज एण्ड थाइराइड सेन्टरले विश्व थाइराइड दिवसमा अवसर पारेर निशुल्क जाँच गर्ने भएको छ ।
यही जेठ ११ गते अल्का अस्पतालमा थाइराइड रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना लागिएको काठमाडौं डाइविटिज एण्ड थाइराइड सेन्टरले जानकारी दिएको छ ।
स्वास्थ्य शिविर कार्यक्रममा थाइराइड रोग सम्बन्धी निःशुल्क औषधि वितरण र टि.एफ.टी परीक्षण गरिने सेन्टरका निर्देशक डा.अंशुमाली जोशीले बताए ।
शिविर शुक्रबार विहान ९ बजे सुरु भएर ४ बजे सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया