धेरै याैन सम्पर्क राख्दा पृथ्वीबाटै हराउँदैछ यो जीव

एजेन्सी : सृष्टी, स्वास्थ्य, प्रेम, सामित्यता र शारिरिक सन्तुष्टिका लागि याैन अावश्यक मानिन्छ । तर, यही अावश्यकता कहिलेकाहीँ मृत्यु, अझ त्यो भन्दा बढि कुनै निश्चित प्रजातिको अस्तित्व नै संकटमा पारिदिने अस्त्र बन्दोरहेछ ।

लगातार १४ घण्टासम्म याैनक्रिडामा लिप्त रहने जीव 'यान्टइकाइनस' हाललार्इ लोपोन्मुख प्रजातिमा सूचिकृत भइसकेको छ । लामो समयसम्म सम्भोगमा मग्न रहँदा उनीहरू सजिलै दुस्मनको शिकार हुने गर्छन् । याैनकै कारण यो जीव मासिने क्रम निरन्तर बढ्दो छ ।

यान्टइकाइनस मुसोजस्तै देखिन्छ । हालम्म वैज्ञानिकहरूले यसको पाँच प्रजाती पत्ता लगार्इसकेका छन् । सामान्यतया : कालो पुच्छर भएको ध्वाँसे र चम्किलो टाउको भएको गरि दुर्इ प्रजातिलार्इ चाहिँ सजिलै ठम्याउन सकिन्छ । 

सामान्यतया : जनावरहरू एउटा निश्चित माैसम या अवधिमा याैन सम्बन्ध राख्छन् । यो अजीवको जीव चाहिँ हप्ताैंसम्म राशक्रिडामा मग्न रहन्छ । प्रत्येक यान्टइकाइनसले धेरै याैनसाथीसँग सम्बन्ध राख्न रूचाउँछ । अत्याधिक याैन सम्बन्ध नै यो जीवको अस्तित्व मेटिने प्रमुख कारण रहेको वैज्ञानिकहरूले दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?