गोल्ड डन ‘गोरे’–वयान फेर्न थाले

काठमाडौं । सुन तस्करीका लागि ‘गोल्ड डन गोरे’ कुख्याथी कमाएका चूडामणि उप्रेतीले आफू सुन तस्करी घटनाको मुख्य योजनाकार नभइ सहयोगीमात्र भएको बयान दिएका छन् । 
सुन खरिदमा लगानी गर्नेदेखि सुन बुझ्ने ब्यक्तिहरु फरक–फरक छन्, मंगलवार दिउँसे सिंहदरवारस्थित गृह मन्त्रालय परिसरबाट सार्वजनिक गरिएका गोरेले छानविन समितिसंगको छोटो वयानमा आफू भरिया समेत नभएको दावी गरेका छन् । 
उनले भनेका छन्–मेरो प्रहरीसंग राम्रो चिनजान भएकाले फलाना–फलाना ब्यक्तिले गाह्रो परेपछि फोन गर्लान सहयोग गरि दिनुमात्र भन्ने गरेको थिए, सुन नै बोकेर ल्याउनु भनेको छैन’ सुन तस्करी र सुनका भरिया सनम शाक्यको हत्या घटनाको छानविन गर्न गठित समितिका एक सदस्यले गोरेको भनाइ यसरी उदृत गरेका हुन । 
छिन–छिनमा वयान फेरि रहने गोरेले तस्करीबाट नेपाल भित्रिने अधिकांस सुन राजधानीका सुन ब्यापारीहरुले मगाउने गरेको तथ्य खोलेका छन् । विशेष गरी ठूलो परिमाणको सुन मारवाडी समुदायका सुन ब्यापारीहरुले मगाउने गरेको पाइएको छ । 
भारत र नेपाल दुईटै देशमा सुन ब्यवसाय गर्दै आएका भारतीय तथा मारवाणी सुन ब्यापारीहरु सुन आफूले नेपाल भित्र्याउन सहयोग गर्ने गरेको बयान गोरेले दिएका छन् ।
म आफै सुन ल्याउने कार्यमा सहभागी भएको छैन । काठमाडौंबाट नगद दुवाईमा पठाउनेदेखि दुवाईमा सुन खरिद गरी काठमाडौंसम्म पु¥याउने ब्यक्ति फरक–फरक छन्–उनले आफ्नो वयानमा भनेका छन्–मेरो भूमिका सहयोगीको रुपमा मात्र हो । 
दुवाईमा सुन खरिद गर्न नेपाल र भारतका सुन ब्यापारीहरुले हुण्डी मार्फत नगद दुवाई पठाउने गरेका थिए ।
दुवाईबाट सुन लोडभइ विशेष गरी थाइ एयरबाट काठमाडौं आउने गरेको थियो । कहिले काँही सुरक्षा ब्यवस्था कडा भएको खण्डमा दुवाईबाट थाई एयरमा आएको सुन बैकंकसम्म खसालेर पुनः नेपाल आउने गरेको पाइएको छ । 
सुन तस्करीका मुख्य अभियुक्त गोरेको योजना अनुसार नै थाइ एयरका कर्मचारीसंग सुन तस्करीको सञ्जाल फैलाउन प्रहरीकै केही अधिकृतहरुको मुख्य भूमिका देखिएको छ । 
गोरेले सुन खरिद गर्ने ब्यापारीदेखि ढुवानीसम्मको ब्यवस्थ गर्ने र प्रहरी अधिकारीले सुरक्षितढंगले एयरपोर्ट वाहिरसम्म ल्याउन मेलोमेसो मिलाउने गरेको पाइन्छ । 
उनले आफू सुन तस्करीमा ‘दुधको साछी विरोलो’ भने जस्तै बयान दिन थालेका छन् । सुन भरिया सनमको हत्यामा समेत आफ्नो संलग्नता नभएको दावी गरेका छन् । उ त मेरो सबै भन्दा मिल्ने भाइ उसलाई किन मार्न दिन्थे गोरेले वयानमा भनेका छन् । 
अनुसन्धान टोलीले गोरेको बयानबाट थप तथ्य वाहिर आउने अपेक्षा गरेको छ । केही तथ्य आउदै छन् । 
छानविन समितिका संयोजक ईश्वरीराज पोडैलले भन्नुभयो–गोरेको पक्राउले धेरै तथ्य वाहिर आउदै छन् । घटनामा संलग्न अन्य ब्यक्तिहरु पनि पक्राउ पर्छन । 
   

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?