प्रधानमन्त्रीसहित कुन मन्त्रीको सम्पत्ति कति ? (पूर्ण विवरणसहित)

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्रमा सम्पत्ति विवरण सार्वजनिक गनुपर्ने कानुनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले आज सम्पत्ति सार्वजनिक गरेका हुन्  ।

प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको  सम्पत्ति विवरणमा ४२ लाख रुपैयाँबाहेक बाँकी सबै सम्पत्ति श्रीमती राधा शाक्यको नाममा रहेको देखाइएको छ । रु ४२ लाख भने प्रधानमन्त्री ओलीले तलबमार्फत आर्जन गरेको भनी उल्लेख गरिएको छ । यस्तै, श्रमती राधाको नाममा भक्तपुरमा डेढ रोपनी र झापामा १० कठ्ठा जमिन रहेको छ । भक्तपुरमा एक रोपनीमा बनेको ढाई तलाको पक्की भवन समेत सम्पत्ति विवरणमा देखाइएको छ । राधाका नाममा रहेका सबै सम्पत्ति स्वआर्जन भनी उल्लेख गरिएको छ ।

यस्तै, राधाको नाममा रु १० लाख माछापुच्छे बैंक  र प्रभु बैंकमा रहेको देखाइएको छ । उहाँको नेपाल राष्ट्र बैंकको पूर्व प्रथम श्रेणीको कर्मचारी हुँदा रु २५ लाख राष्ट्रिय बचत पत्रमा रहेको उल्लेख गरिएको छ ।

रक्षामन्त्री ईश्वर पोखरेलको झापाको चन्द्रगढीमा १२ कठ्ठा जग्गा र टोखामा पैतृक घर तीन तले घर रहेको सम्पत्ति विवरणमा देखाइएको छ । मन्त्री पोखरेलको नाममा इन्भेष्टमेन्ट बैंकमा सात लाख रुपैयाँको शेयर रहेको छ ।

गृहमन्त्री रामबहादुर थापाकीे श्रीमती नैनकला थापाको नाममा चितवनको भरतपुर–१०, चित्रसेन मार्गमा एक कठ्ठा ०.७५ धुर जग्गा रहेको छ । सम्पत्ति विवरणमा सुन छ तोला र नगद तीन लाख रहेको देखाइएको छ ।

त्यसैगरी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको चार आना जमीनमा काठमाडौँमा बनेको दुई तले पक्की घर रहेको छ । रु दुई लाख ५७ हजार एभरेष्ट र रु दुई हजार कृषि विकास बैकमा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाको रु एक करोड ४९ लाख बराबरको जग्गा रहेको छ । उक्त रकम बराबरको जग्गा डा खतिवडा र श्रीमतीको संयुक्त नाममा रहेको सम्पत्ति विवरणमा देखाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको मोरङ विराटनगर १२ मा एक कट्ठा जमिनमा ५ कोठे घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनले  आफूसँग पुरानो एक थान साइकल रहेको पनि जनाएका छन्  । त्यसैगरी, कानूनमन्त्री शेरबहादुर तामाङको श्रीमतीका नाममा काठमाडौंमा अढाइ तले घर रहेको छ । मन्त्री तामाङको सिन्धुपाल्चोक, मोरङ र खोटाङमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

 

सम्माननीय प्रधानमन्त्री तथा माननीय मन्त्रीहरुको सम्पत्ति विवरण

 
क्र.सं. नाम, थर कार्य विभाजन सम्पति विवरण
सम्माननीय प्रधानमन्त्री
श्री केपी शर्मा ओली सहरी विकास; स्वास्थ्य तथा जनसख्या सम्पति विवरण
माननीय मन्त्रीहरु
श्री ईश्वर पोखरेल रक्षा सम्पति विवरण
श्री रामबहादुर थापा गृह सम्पति विवरण
श्री प्रदिपकुमार ज्ञवाली परराष्ट्र सम्पति विवरण
श्री वर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिँचाई सम्पति विवरण
श्री गिरीराजमणि पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि सम्पति विवरण
श्री मात्रिका प्रसाद यादव उद्योग, बाणिज्य तथा आपूर्ति सम्पति विवरण
श्री रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात सम्पति विवरण
श्री गोकर्ण विष्ट श्रम, रोजगार तथा समजिक सुरक्षा सम्पति विवरण
१० श्री शक्तिबहादुर बस्नेत वन तथा वातावरण सम्पति विवरण
११ श्री लालवाबु पण्डित संघीय मामिला तथा सामान्य प्रशासन सम्पति विवरण
१२ श्री थममाया थापा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्पति विवरण
१३ श्री युवराज खतिवडा अर्थ सम्पति विवरण
१४ श्री जगतबहादुर सुनार विश्वकर्मा युवा तथा खेलकुद सम्पति विवरण
१५ श्री रविन्द्रप्रसाद अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सम्पति विवरण
१६ श्री शेरबहादुर तामाङ कानुन, न्याय तथा संसदीय मामिला सम्पति विवरण
१७ श्री चक्रपाणी खनाल कृषि, भूमि व्यवस्था तथा सहकारी सम्पति विवरण
१८ श्री बीणा मगर खानेपानी सम्पति विवरण
माननीय राज्यमन्त्री
१९ श्री पद्माकुमारी अर्याल स्वास्थ्य तथ जनसख्या सम्पति विवरण
२० श्री गोकुलप्रसाद बाँस्कोटा सञ्चार तथा सूचना प्रविधि सम्पति विवरण
२१ श्री धनबहादुर बुढा संस्कृति पर्यटन तथा नागरिक उड्डयन सम्पति विवरण
२२ श्री रामकुमारी चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी सम्पति विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?