विमान टुक्रा टुक्रा भइरहँदा पनि भित्रका सबै जोगिए

एजेन्सी : संसारकै सबैभन्दा कठिन विमानस्थलमा एक नीजी जेट अवतरण गर्दा विमान टुक्रा टुक्रा हुँदा पनि त्यसमा रहेका सबै जोगिएर चमत्कार भएको छ ।

होन्डुरसको तेगुसिगाल्पामा रहेको टोन्कोन्टिन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार त्यहाँको समय अनुसार सबा एघार बजेतिर अवतरण गरिरहेको थियो । विमान रनवेमा गुडिरहँदा त्यहाँ रहेको खाल्डोमा त्यो विमान मोडिन पुग्यो ।

आकस्मिक उद्धाकर्ताहरूले ६देखि९ जना सवार रहेका सबै जिवित रहेको बताए । पल्टिरहेको विमानमा आगो लागेको थियो । नजिकका मानिसहरूले आगो निभाउने उपकरणहरू ल्याएर आगो निभाउने काम भयो । मानिस झिक्ने काम भए ।

स्थानीय व्यवसायी पेद्रो अटालाका अनुसार उनले आफ्ना कामदारहरूसँग मिलेर आगो निभाउने काममा सहयोग गरेका थिए । उनले पाँच पुरूष र एक महिलालाई सहयोग गरेको बताए । विमान भित्र भएका सबै सुरक्षित छन् । यो चमत्कार जस्तै भएको छ । 

होन्डुरसको नागरिक उड्डयन नियोगले जी२०० गल्फस्ट्रिम जेट उटाहमा दर्ता भएको छ । यो जेट टेक्सासबाट उडेको थियो । होन्डुरसका राष्ट्रपति ओर्लान्डो हर्मानडेजले ट्विटरमा सबै घाइते सुरक्षित रहेको जनाए ।

विमानस्थल अस्थायीरूपमा बन्द थियो । विमानले ऊर्जा लाइनमा ठोक्किए पछि त्यस क्षेत्रका ५० हजवार मानिसलाई अँध्यारोमा बस्न परेको छ । यो विमानस्थल विश्वकै कठिन विमानस्थलको रूपमा मानिएको छ ।

सन् २००८मा भएको विमान दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । यो घटना पनि करिब करिब त्यही ठाउँमा भएको छ । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल राजधानीबाट ५० किलोमिटर टाढा बन्दै गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?