‘ट्वीटर फलोअर्सलार्इ ब्लक नगर्न’ ट्रम्पलार्इ अदालतको अादेश

काठमाडौं : सामाजिक सञ्जालमा अाफ्नो अालोचना हुनासाथ 'फलोअर्सलार्इ ब्लक गर्ने' प्रवृत्ति अधिकांश राजनीतिज्ञमा छ । नेपालमा पनि अधिकांश राजनीतिकर्मीले अाफ्नो सञ्जालमा सदस्य बनेर अाफैंमाथि अालोचना गर्नेलार्इ ब्लक गर्ने गरेका छन् । 

शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यो मामिलामा अगाडि छन् । उनले केहि दिनको अन्तरमा अाफ्ना अालोचक रहेका ७ जनालार्इ ट्वीटरमा ब्लक गरेका थिए । तर, यसपटक उनीमाथि अदालती अादेशको डण्डा चलार्इएको छ ।

ट्रम्पले ७ जना ट्वीटर प्रयोगकर्तालाई ब्लक गरेसँगै ब्लकमा पर्नेहरूको तर्फबाट 'दी नाइट फस्ट अमेन्डमेन्ट इन्ष्टिच्यूट' ले अदालतमा मुद्दा दर्ता गरायो । सो मुद्दामा फैसला गर्दै न्यायाधीशले ट्वीटर प्रयोगकर्तालार्इ 'ब्लक' नगर्न ट्रम्पलाई आदेश दिएका छन् । न्यायाधीशले विचारकै आधारमा ब्लक गर्नु नाजायज भएको भन्दै कदम सच्याउन समेत आदेश दिएका हुन् ।

मुद्दा दायर गर्ने संस्थाले राष्ट्रपति ट्रम्प र ह्वार्इटहाउसले अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गरेको अारोप लगाएको छ ।  जिल्ला अदालतका न्यायाधीश नामी राइस बुचवाल्डले ट्रम्पको एकाउन्टबाट अन्य प्रयोगकर्तामाथि ब्लक गर्ने पहुँच दिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको उल्लंघन हुने निर्णय गरेका छन् । सामाजिक सञ्जाल नागरिकको साझा मञ्चका रूपमा अनुमोदन भर्इसकेकाले सम्पूर्ण अमेरिकी नागरिकलार्इ अाफ्ना विचार व्यक्त गर्न दिन पनि अदालतले ट्रम्पलार्इ निर्देश गरेको छ ।

सामान्यतया : अाफ्नो प्रतिकूलतामा भएका निर्णयमाथि तुरून्त प्रतिक्रिया दिन चाहने ट्रम्प र ह्वार्इटहाउसले पछिल्लो अदालती अादेशमाथि भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?