लक नेस मोनस्टरको रहस्य खोल्न तालको पानीको डीएनए परीक्षण

एजेन्सी : स्कटल्यानडको तालमा एक अज्ञात सामुद्रिक जन्तु रहेको छ । त्यसलाई लक नेस मोनस्टरको रूपमा चिनिएको छ । सयौं वर्ष देखि मानिसहरू दैविक राक्षसको जस्तो कल्पना गरिएको  स्कटल्यान्डको लक नेस मोनस्टर हेर्न त्यहाँ जाने गरेका छन् ।

यहाँ जानेहरूले दिएको विवरणका आधारमा यो अज्ञात जन्तु छ पनि अर्थ लाग्छ तर खिचिएको तस्विरले यसको पहिचान गर्न गाह्रो पनि हुने गरेको छ । त्यसैले यो दुनियाँकै एक रहस्यको रूपमा रहेको छ ।यो रहस्यलाई हल गर्न वैज्ञानिकहरूको एक टीम त्यहाँ जाने भएको छ ।

त्यो टीमले तालका विभिन्न ठाउँको विभन्न तहबाट पानी लिनेछ । र त्यसको डीएनए परीक्षण गर्नेछ । त्यसरी गरिएको डीएनए परीक्षणबाट त्यो तालमा बस्ने जन्तुहरूको प्रकार र प्रजातिको बारेमा जानकारी पाइने र यो रहस्यको हल पाइने विश्वास गरिएको छ ।

युनिभर्सिटी अफ ओटागोका प्राध्यापक नील गेमेलले यो अभियानको अगुवाइ गर्ने भएका छन् । उनी भन्छन्“ मेरो विश्वास छैन तर विज्ञानका आधारमा यसको पुष्टि गर्न चाहन्छु ।”

यो लक नेस मोनस्टरका विभिन्न कथाहरूमा डाइनासोर विलोप हुँदा यो यहाँ सुरक्षित भएको भनिन्छ । अर्कोमा विशाल क्याटफिस यो तालमा रहेको लक नेस मोनस्टर हो भनिन्छ ।
वैज्ञानिक गेमेलका अनुसार पानीमा बस्ने जीवजन्तुहरूले डीएनका साना साना कणहरू पानीमा छाडने गरेका छन् ।

यी डीएनएका कणहरू ती जन्तुको छाला, प्वाँख ,कत्ला र पिसाबबाट आउँछन् । उनका अनुसार तालका विभिन्न ठाउँ र विभन्न तहबाट ३०० नमूना संकलन गरिनेछ ।

डीएनए परीक्षणबाट कुनै राक्षस नभएको प्रमाणित भएपनि यस्तो विश्वास गर्नेहरूलाई यो परीक्षणबाट कुनै असर गर्दैन् । उनीहरूको विश्वासका आधारमा यो दैविक प्रणालीले पानीमा कुनै डिएनए नै छोडदैन भने कसरी परीक्षणमा देखा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?