लमजुङमा अलैंची बिरूवाको मूल्य निर्धारण

बेसीशहर : लमजुङका अलैंची व्यवसायीले अलैंची बिरूवाको मूल्य निर्धारण गरेका छन् । नेपाल अलैंची व्यवसायी महासंघ, लमजुघले निर्धारण गरेको मूल्यअनुसार पुरानो बोटबाट निकालेको बिरूवाको मूल्य ५ रूपैयाँ पुगेको छ भने ३२ महिना कटेको बिरूवाको मूल्य ८ रूपैयाँ पर्नेछ । 

अलैंची व्यवसायी महासंघको बुधबार बसेको बैठकले विरूवाको मूल्य तोकेको अध्यक्ष अजय तामाङले जानकारी दिए । गत बर्ष अलैंचीको प्रतिविरूवा ९ रूपैयाँ मूल्य कायम गरिएको थियो । यस बर्ष भने अलैंचीको फलले राम्रो मूल्य नपाएको र विरूवाको माग पनि घटेकाले मूल्य समेत घटार्इएको तामाङको भनार्इ छ । 

लमजुङमा हाल १५ लाख रूपैयाँ बराबरको अलैँचीको बिरूवाको माग भएको छ । तर,२० लाख रूपैयाँ बराबरको विरूवा उत्पादन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?