चीनद्वारा  गुप्तभेदी लडाकु विमान परीक्षण गरेको खुलासा

एजेन्सी : अमेरिका र रुससँग मात्र रडारलाई छल्न सक्ने गुप्तभेदी लडाकु विमान( एडभान्स्ड स्टिल्थ टेकनलजि) रहेकोमा चीनले पनि आफूसँग भएको खुलाएको छ । 

चिनियाँ कम्युनिस्ट पार्टी निकट पत्रिका द ग्लोबल टाइम्सले रडार क्रस सेक्स(आरसीएस) प्रविधिको सफलतापूर्वक परीक्षण गरिएको जनाएको छ । शेन्याङ एयरक्राफ्ट कर्पोरेशनले यो गुप्तभेदी लडाकु विमानका परीक्षण गरेको हो । यो समाचार चीनको वेबसाइट वी च्याटमा समेत राखिएको छ ।

खुलाइए अनुसार चीनको पाँचौ पुस्ताको जे–२० लडाकु जेटमा यो प्रविधिको उपयोग गरिएको छ । यो प्रविधि अन्य विमानहरूमा पनि उपयोग गर्न सकिनेछ ।

जे–२०को निमार्ण चेङ्गदु एयरक्राफ्ट इन्टस्ट्री ग्रुपले गरेको छ । शेन्याङ एयरक्राफ्ट कर्पोरेशनले पनि  गुप्तभेदी विमान एफसी–३१को अनुसन्धान र विकास गरिरहेका छ । त्यसैले यो प्रविधि धेरै आधारभूत एवं अतिआवश्यक रहेको चीनको सैन्य विश्लेषक सोङ झोङपिङले जनाए । चौथो पुस्ताको लडाकु जेट विमानमा जे–११ र जे–१६ रहेका छन् ।

सन् २०१३मा राष्ट्रपति बनेयता सी जिनले चीनको सैन्य शक्तिलाई आधुनिक प्रविधिबाट सुसज्जित र अमेरिकी सैनिकसँग आमना सामना गर्न सक्ने गरी सुधार कार्यक्रम अगाडि बढाएका छन् । 

अर्डेन्स इन्डस्ट्रीज साइन्स टेकनलजिको रिपोर्ट अनुसार यो गुप्तभेदी लडाकु विमान अमेरिका र रुससँग मात्र रहेको छ । युरोपियन युनियनका केही देशले यसको विकास भने गरिरहेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?