भोजपुरमा पूँजीबजारसम्बन्धी प्रशिक्षण

भोजपुर : नेपाल धितोपत्र बोर्डको आयोजनामा यहाँ पूँजीबजारसम्बन्धी प्रशिक्षण दिइएको छ । 

धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलगायतको टोलीले बुधबार पहिलोपटक भोजपुर जिल्लामा पूँजीबजारको विषयमा प्रशिक्षण दिएको हो ।

बोर्डले जनचेतना फैलाउने तथा पूँजी बजारलाई व्यवस्थित गर्दै धितोपत्रमा लगानी गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले प्रशिक्षण गरिएको बोर्डका अध्यक्ष डा. कार्कीको भनाइ छ । 

प्रशिक्षणमा धितोपत्र, पूँजीबजार, शेयर लगानी, डिम्याट, सिआस्वालगायतका विषयमा सहजीकरण गरिएको थियो ।

उद्योग वाणिज्य संघ, भोजपुरले संयोजन गरेको प्रशिक्षणमा स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रमुख सरोकारवालाको पनि सहभागिता रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?