एजेन्सी : फुटबलको विश्वकप शुरू हुन केही साता बाँकी रहेका बेला फुटबलको बढदो ज्वरोसँगै झण्डा बनाउने बंगलादेशीहरू नोट छाप्न व्यस्त भइरहेका छन् । टकसारमा मुद्रा टंकन गरिने जस्तै बंगलादेशी दर्जीहरूले विभिन्न झण्डाहरू सिएर टाका(बंगलादेशी मुद्रा) कमाउन व्यस्त भइरहेका छन् ।
तर उनीहरूले आफ्नो देशका फुटबलरहरू झण्डा बनाएर होइन अर्जेन्टिनाका लिओनेल मेसी र ब्राजिलका नेमारका झण्डा बनाएर नोट कमाइ गरिरहेका छन् ।
कपडामा छपाई गर्ने टेक्स्टाइल प्रिन्टरका मालिक कमल हुसेनले राजधानी ढाकाको मेराजनगरमा सानो तातो पसिना निकाल्ने कार्यशालाहरू मध्येका एक कार्यशाला लिएका छन् ।
रुसमा हुने विश्वकपको केही साता अगाडि उनले यस्ता झण्डा बनाएर स्थानीय बजारमा पठाइरहेका छन् ।
हुसेन भन्छन् “ गत दुई महिनादेखि म निरन्तर काम गर्दै आएको छु । यी दिनहरूमा मैले दिनको दुई घण्टा पनि सुत्न पाएको छैन् ।”
बंगलादेश परम्परागतरूपमा क्रिकेटको क्षेत्र हो । तर हरेक चार वर्षमा बंगलादेशका १६ करोड मानिस फुटबलका लागि पागल हुन्छन् । फिफाको वरियतामा बंगलादेश फुटबलको स्थान १९७औं स्थानमा छ ।
अर्जेन्टिना र ब्राजिलका राष्ट्रिय टोलीले खेल्ने रंगका झण्डाहरू बनाउन मेराजनगरका गलीगलीमा मानिस व्यस्त भइरहेका छन् । जुन १४ देखि मस्कोमा शुरू हु्ने विश्वकपका दिवानाहरूले यस्ता झण्डाहरू लिएर आ–आफ्ना टोलीको पक्षमा वकालत गर्छन् ।
हरेक दिन हामी हजारौं झण्डा बनाइरहेका छौ भन्दै उनले भने “ आज अर्जेन्टिनाका ११ हजार झण्डा बनायौं ।”
गत साता मदारगञ्जमा अर्जेन्टिनाका समर्थकहरूले २०० मिटर लामो झण्डा बनाएर मार्चपास गरेको भिडियो भाइरल भएको थियो । बंगलादेशमा सन् १९८२मा पहिलो पटक विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न पायो ।
सन् १९८६मा डिएगो मेराडोनाले एकहातले गोल गरे अर्जेन्टिनालाई जितायो त्यतिखेर देखि बंगलादेशमा फुटबलका समर्थकहरूको जमात ठोस भयो । बंगलादेशमा अझ मेराडोनाको समर्थक छन् तर नयाँ सुपरस्टार मेसीका नयाँ समर्थक पनि जन्मिसकेका छन् ।
अर्का एक व्यापारीले आफूले सन् २०१४मा ८० हजार भन्दा बढी झण्डा बेचेको बताए । अहिले दैनिक २ हजार देखि २ हजार ५०० जति झण्डा र १० हजार पताका दैनिक बेचिरहेको उनले बताए ।
बंगलादेशमा अर्जेन्टिनाका मेसी र ब्राजिलका नेमार सर्वाधिक लोकप्रिय फुटबलरहरू छन् ।बंगलादेशमा ४० लाख मानिस कपडा कारखानामा काम गर्छन् र अर्बौ डलर कमाइ गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया