सुनको मूल्यमा वृद्धि

काठमाडौं । बिहिबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँ पुगेको छ । 

अघिल्लो कारोबारमा सुनको मूल्य ५८ हजार ९ सय  रुपैयाँ थियो ।  तेजावी सुन भने प्रतितोला ५८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदीको मूल्य भने स्थिर छ । । आज चाँदी प्रतितोला ७७७ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?