राताम्य सेयर बजार : नेप्से परिसूचक २५ सयको बिन्दुमा झर्‍यो

लोकपथ
154
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) फेरि ओरालो लागेको छ । योसँगै साताको पाँच कारोबार दिनमध्ये ४ दिन नै सेयर बजारले ओरालो यात्रा तय गरेको थियो । आज सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ४९.०४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से ४९.०४ अंकले घटेर २५८४.६१ बिन्दुमा झरेको छ । आज नेप्से १.८६ प्रतिशतले घटेको हो ।

यता सेन्सेटिभ परिसूचक पनि ९.४६ अंकले घटेर ४८७.२७ बिन्दुमा पुगेको छ । आज कुल २३१ कम्पनीको ७९ लाख ३२ हजार ७३१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज १३ वटै उपसमूह राताम्य बनेको छ । आज विकास बैंक, फाइनान्स र अन्य समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

बिहीबार सामलिङ्ग पावर कम्पनी र न्यादी हाइड्रोपावर लगानीकर्ताले सर्वाधिक नाफा कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंक र मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?