काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत वकिल माइकल कोहेनले युक्रेनी राष्ट्रपतिसँग घुस लिएको पाइएको छ । उनले ट्रम्पसँगको भेट लम्बाइदिन गोप्य रुपमा ४ लाख अमेरिकी डलर लिएको सार्वजनिक भएको हो ।
यो भुक्तानीको सम्पूर्ण व्यवस्थापन युक्रेनी राष्ट्रपति पेट्रो पेरोशेन्कोको लागि काम गर्ने विचौलियाले मिलाएको थियो । तर अमेरिकी कानुन अनुरुप कोहेन युक्रेनको प्रतिनिधिको रुपमा दर्ता थिएनन् ।
यख्पी कोहेनले यो आरोपलाई खण्डन गरेका छन् ।
दुई राष्ट्रध्यक्षबीच अघिल्लो जुनमा ह्वाइटहाउमा भेट भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया