दुवाईमा नेपाली खेलाडीको चमात्कार– ९ स्वर्ण ४ रजत

काठमाडौं । दुबईमा मे ११ तारिखमा आयोजित बुंदोकान कप अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपाली खेलाडीको टोली ९ स्वर्ण, ४ रजत र २ कांस्य पदक जित्न सफल भएको छ ।
नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङले पदक विजेता टोलीलाई स्वागत गर्नुका साथै बधाई दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेको गुरुङले खेलाडी देशको गहना भएको बताए ।
उक्त प्रतियोगितामा नेपाली टोलीको प्रशिक्षक राम थारू रहेका थिए । प्रशिक्षक थारुका अनुसार, नेपाली महिला खेलाडी सरिता श्रेष्ठले दोहोरो स्वर्ण जितेकी थिइन् ।सरिताले महिला एकल काता र ६७ केजी समूहभन्दा माथिको प्रतियोगितामा स्वर्ण हात पारेकी थिइन् ।

अर्का खेलाडी परशुराम बास्तोलाले पुरुष एकल कातामा स्वर्ण जितेका थिए । खोलाडीद्धोय सरिता र परशुराम दुवैले ‘च्याम्पियन अफ दी च्याम्पियन’को उपाधि पनि हात पारेको प्रशिक्षक थारुले जानकारी दिएका हुन ।
त्यस्तै पुरुष ३०–३५ वर्ष उमेर समूहमा चन्द्र खड्का र ४०–५० उमेर समूहमा मधु लामाले रजत, ५५ केजी तौल समूहमा राजनकुमार पाइजा र ५० केजीमा नवराज श्रेष्ठले पनि नेपाललाई स्वर्ण दिलाए ।
मोनिका थापामगरले महिला १०–१२ वर्ष समूहमा २ स्वर्ण तथा पुरुष ६० केजीमा लक्ष्मण मगरले स्वर्ण जितेका थिए ।
पुरुष एकल काता र कुमुतोमा सुशान्त हुमागाईं, ८४ केजीमा प्रेम रानामगर र ६५ केजी समूहमा मानबहादुर लिम्बूले रजत हात गरे ।
पुरुष ७५ केजीमा रामु सुनार र ६५ केजीमा ज्ञानु पुनमगरले कांस्य हासिल गरेको मुख्य प्रशिक्षक थारुले बताएका हुन ।
नेपाली टोली समूहको व्यवस्थापकमा प्रवीण गुरुङ, निर्णायकमा सञ्जय रञ्जीत, साइला गमाल र लक्ष्मण खड्का थिए ।
टोलीको दुवाईस्थित होटल तथा खानपानको व्यवस्था प्रवासी सितोरियो कराते सङ्घ, दुबईले प्रायोजन गरेको जानकारी पनि प्रशिक्षक थारूले दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?