यो विश्वविद्यालयमा पढ्ने केटाले केटीलाई छुन पाउँदैन

काठमाडौं । पाकिस्तानको इस्लामाबादस्थित बहरिया विश्वविद्यालयले पुरुष र महिला विद्यार्थीहरुलाई सँगै रहँदा ६ इन्चको दूरी कायम राख्न निर्देशन दिएको छ ।

काठमाडौं । गत हप्ता विश्वविद्यालयले कराची, लाहोर र इस्लामाबादमा रहेको आफ्ना तीनै क्यापसका विद्यार्थीका लागि यो नोटिस जारी गरेको हो । ड्रेस कोडबारेमा आएको नोटिसको एक प्रति सामाजिक संजालमा भाइरल भएपछि यसको व्यापक विरोध भइरहेको छ ।

नोटिसमा विभागहरुका प्रमुख र सुरक्षाकर्मीहरुले सबैले पुरुष र महिला विद्यार्थी ६ इन्चको दूरीमा बसेको वा उभिएको सुनिश्चित गराउनु उल्लेख छ । 

यसका साथै पुरुष र महिलालाई एक अर्कालाई छुन कडा नियन्त्रण गरिएको छ । यसको उलघंन गर्नेहरु विरुद्ध अनुसन्धानात्मक कारबाही गर्ने चेतावनी दिइएको छ ।

पाकिस्तानी पत्रिका डनका अनुसार यो निर्देशनको सामाजिक संजालमा निक्कै आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?