जहाँ यस्तो पनि चलन छ, बुबाको मृत्यु पछि आमालाई श्रीमती बनाउनुपर्ने

एजेन्सी – विश्वमा यस्ता चलन पनि छन्, जहाँ  छोराले बुबाका  श्रीमतीलाई  विवाह गर्नु पर्छ ।

आफ्नी आमा छोडेर अन्य सबै सानीआमाहरुलाई छोराले विवाह गरी अपनाउनु पर्छ । आफ्नै सौतिनी आमाहरुलाई विवाह गर्ने चलन अफ्रिकी देश क्यामरुनको बाफुट क्षेत्रमा रहेको छ । यहाँका प्राय पुरुषका धेरै वटी श्रीमती हुन्छन् र बुबाको शेख पछि सबै सौतेनी आमालाई श्रीमती बनाउनुपर्छ । तर यहाँ सामान्य जनताले होइन की स्वयं राजाले नै बाउको शेषपछि सबै सौतेनी आमाहरु बेहोर्नुपर्छ ।

यहाँका राजाहरुले धेरै नै रानीहरु भित्राउछन् ।
स्मरण रहोस, त्यहाका ११ औँ राजा अबुम्बी द्वितीयका बुवाको सन् १९६८ मा मृत्यु भएको थियो । त्यहाँको चलन नै राजाको मृत्युपछि रानीहरु स्वतः नयाँ राजाको रानीहरु बन्ने चलन छ । अर्थात् रानीहरु नमरुन्जेल राजाको पदेन श्रीमती बन्दछन् । अबुम्बीले आफ्ना बाबुबाट बेहोरेका ७२ जना श्रीमतीका साथै आफुले पनि दुइ दर्जनभन्दा बढि श्रीमतीसँग विवाह गरेका छन् । सबै श्रीमतीहरुबाट गरेर उनका झण्डै ५ सय सन्तान छन् ।
यहाँ यस्तो चलन रहनुको पछाडी पनि कारण रहेको छ । कुनै पनि राजाको मृत्यु भएपछि नयाँ मान्छेले राज्य धान्न गाह्रो पर्दछ । त्यसैले बुढी र पाका रानीहरुले पुराना राजाले के कसरी काम गदर्थे र पदको मान राख्दथे भन्ने बारे निर्देशन दिने गर्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?