यस्तो गाउँ, जहाँ कसैले कपडा लगाउँदैनन्

कपडा नलगाइ बस्ने हाम्रा पुर्वजहरुले विस्तारै पातपतिङ्गर, झारपात आदीले नै आफ्नो शरीर छोप्थे । यही क्रममा पुस्ताहरुको विकास सँगै बिस्तारै लुगाको विकास भएको थियो । तर, अहिलेको जमानामा पनि कुनै गाउँमा मानिसहरु नाङ्गै बस्छन् भन्दा अचम्म लाग्नु स्वभाविक नै हो । बेलायतमा यस्तो गाउँ छ जहाँ मानिस नग्नताका लागि चिनिन्छन् ।

 बेलायतको हर्टफोर्डशयरको ब्रिकेटवुडमा रहेको स्पीलप्लाट्ज नामक गाउँमा सबै मानिस निर्वस्त्र बस्छन् । विगत ८५ वर्ष देखि यो गाउँका मानिसहरु नाङ्गै बस्दै आएका छन् । यहाँ स्त्री वा पुरुष सबै निर्वस्त्र बस्छन् । उनीहरुले आफ्नो भित्री अंग पनि ढाक्दैनन् ।

इसुल्ट रिचर्डसन नामक एक शोधकर्ताले यो गाउँको वास्तविकता सार्वजनिक गरेका थिए । यहाँका मानिसहरु निवस्त्र बसेपनि अन्य मानिसको जस्तै यहाँका मानिसले पनि सामान्य जिवन विताउने गर्दछन् । यहाँका मानिसहरुले आफूहरु प्रकृतिको सबै भन्दा नजिक रहेको बताउँछन् ।

यो गाउँ पर्यटकको लागि पनि निकै नै आकर्षक रहेको पाइएको छ । यहाँ आउने पर्यटक पनि गाउँमा निवस्त्र रहेने गरेका छन् भने केही पर्यटक भने लुगा लगाएरै बस्ने गरेको पाइन्छ ।

-एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?