चीनका कारण अमेरिकी सेनालाई बम बनाउन कच्चा पदार्थको अभाव

एजेन्सी : अमेरिकी सेनालाई बम बनाउन चाहिने कच्चा पदार्थको अभाव हुन पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सम्बन्ध तनाव पूर्ण रहेकाले चीनले यो आपूर्तिमा समस्या उत्पन्न गर्न सक्ने चिन्ता अमेरिकी प्रतिरक्षा मन्त्रालय पेन्टागनको वार्षिक प्रगति विवरणमा उल्लेख गरिएको छ ।

अमेरिकाको जंगी सामानको क्षेत्र आपूर्तिको समस्याले कमजोर अवस्थामा पुगेको छ । यसको आपूर्तिका लागि गरिने खरिद प्रक्रिया पनि जिम्मेवार रहेको जनाइएको छ । अफगानिस्तान देशमा यस्ता जंगी सामानको प्रयोग हुने गरेकोमा  बम बनाउने कच्चा पदार्थको अभावले समस्या उत्पन्न हुन पुगको हो ।

जंगी लडाईका सामानहरू समुद्रपारीको देशमा बनाउने काममा बृद्धि भइरहेको छ । यसले अमेरिकी सेनालाई चीनमाथि भरपर्नुपर्ने अवस्था भयो । जंगी समानको उत्पादनमूलक क्षेत्र चीनमा बढी रहेको छ । चीनले आपूर्ति गर्ने सामानको कमीले अमेरिकी सेनालाई समस्या परेको आवाज उठेको यो दोस्रो वर्ष हो । जंगी सामानको निर्माणमा चीनको वर्चस्व अमेरिकी अधिकारीका लागि समस्या भइहरेको यो प्रगति विवरणबाट देखिएको छ ।

हालै चीन र अमेरिकाबीचको तनावले दुई देशबीच  व्यापार युद्धको अवस्था आइसकेको थियो । विश्वको हतियार निर्यातमा ५.७ प्रतिशतको हिस्सा ओगटेको छ । चीनको हतियार निर्यात हालका वर्षमा एक तिहाईले बढदै गएको स्टकहम इन्टरनेशनल पीस रिसर्च इन्स्टिचयुटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?