नेपाली क्रिकेट टोलीलाई ओडीआई सिरिजमा प्रतिक्षा गर्दै निदरल्याण्ड

एजेन्सी : नेपाली क्रिकेट टोलीले अगस्त महिनामा निदरल्याण्ड दुई ओडीआई म्याच खेल्ने भएको छ । नेपालले यो वर्षको विश्वकप क्वालिफायर म्याचमा ओडीआई म्याच खेल्न पाउने हैसियत प्राप्त गरेको थियो ।

त्यो हैसियत अन्तर्गतको पहिलो खेल नेपालले निदरल्याण्डसँग खेल्ने भएको हो । अगस्त २ र ३ मा निदरल्याण्डसँग नेपालले खेल्ने विदेशी समाचार माध्यमहरूले जनाएका छन् ।

नेपाली टीमले टी ट्वेन्टीको तीन शृंखला मेलबर्न क्रिकेट क्लबसँग लर्डसमा खेल्ने भएको छ । यो खेल २९ जुलाईबाट शुरू हुनेछ । यसअघि मार्च महिनामा विश्वकप क्वालिफायर खेल जिम्बाबेमा नेपालले निदरल्याण्डसँग खेलको थियो ।

पपुवा न्यू गिनीलाई नेपालले हराएपछि नेपाललाई ओडीआई क्रिकेट म्याच खेल्न पाउने हैसियत प्राप्त भएको थियो । आइपीएलमा सन्दीप लामिछानेको उत्कष्ट प्रदर्शनबाट नेपाली क्रिकेट टोली उदीयमान क्रिकेट खेल्ने देशहरू माझ बलियो टीमको रूपमा देखिन थालेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?