किमसँग वार्ता गर्न यसकारण पछि हटे ट्रम्प, आखिर के चाहन्थे ट्रम्प ?

अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ ऊनसँगको शिखर वार्ता स्थगित गरिएको बताइसकेका छन् । 

किमलाई बिहीबार एक पत्र पठाउदै ट्रम्पले आउँदो जुन १२ तारिखका दिन सिंगापुरमा हुने भनिएको शिखर वार्ता स्थगित गरेका हुन् । 

आखिर ट्रम्पले एकाएक किन वार्ता स्थगित गरे ? निकटमा हुन लागेको उक्त  वार्तालाई विश्वले ध्यानपूर्वक पर्खिरहेको थियो । 

ट्रम्पले एक पत्र जारी गरी  भनेका छन् कि जुन १२ तारिखका दिन सिंगापुरमा हुन गइरहेको बैठक अहिलेलाई स्थगित गरिएको छ । 

ट्रम्पको कदमलाई लिएर उत्तर कोरियाली समाचार एजेन्सीले  ‘खुलेआम दुस्मनी र भारी रिस’ उठेको अभिव्यक्ति दिएको छ । 

उत्तर कोरियाली एक मन्त्री चो–सोन हुईले  अमेरिकी  उपराष्ट्रपतिको कै पछि लागेर ट्रम्पले गरेको निर्णयलाई  पोलिटिकल डमी अर्थात कठपुतलीको संज्ञा दिएका छन् । 

तर शिखर सम्मेलनलाई धराशयी बनाउने काम ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनबाट भएको हो । जसको जिम्मा उत्तर कोरियासँग पूर्ववार्ताहरु गर्ने थियो । 

बोल्टनले पूर्ण परमाणु निशस्त्रीकरणको लक्ष्य राखेका थिए । उनी उत्तर कोरियाले पूर्ण रुपमा आफ्नो परमाणु कार्यक्रम अन्त्य  भएको घोषणा गरोस् भन्ने चाहन्थे । 

तर, उनी कहिल्यै पनि उत्तर कोरियासँग कुटनैतिक प्रक्रियामा गम्भीर भएर प्रस्तुत भएनन् । राष्ट्रिय सुरक्षा सल्लाहकारको कुर्सी सम्हाल्नु पहिले  उनले एक नागरिकको हैसियतामा  ट्रम्पले किमलाई भेट्न चाहेको बताएका थिए ।  

उनका अनुसार अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्दा लिविया मोडलको पालना गर्नुपर्छ । लिबियामा २००३ मा भएको निशस्त्रिकरणको प्रक्रिया पछि लिबियन नेता मुहम्मर गदाफीले परमाणु कार्यक्रम पूर्णरुपमा  रोक्नु परेको थियो । तर, त्यो उत्तर कोरियासँग मेल खाने खालको थिएन । र, हालका बयानहरुमा यो कुरा स्पष्टसँग उल्लेख गरिएको छ । 

सन् २००११ मा लिबियन नेता गद्दाफीले सम्झौताकै कारण सत्ता र ज्यान दुबै गुमाउन पुगे । यसकारण उत्तर कोरिया कुनै पनि हालतमा लिबियन मोडल अपनाउन तयार छैन । 

उत्तर कोरियाली मन्त्री चो आफ्नो लिबियन मोडल कुनै पनि हालतमा शैह्य हुन नसक्ने बताउँछन्  । एक बहसमा उनले भनेका थिए कि उत्तर कोरिया परमाणुले सुसज्जित छ । जसको साथ अन्तरमहादेशीय ब्यालेस्टिम मिसाइल छ  र जसबाट थर्मोन्यूक्लियर हतियारको फिट र बन्दोबस्त गर्न सकिन्छ भने जसको तुलना लिबियासँग हुन सक्दैन ।  स्मरण रहोस् तत्कालिन समयमा लिबियाले परमाणु बनाउनको लागि मात्र केहि उपकरणको मात्रै  बन्दोबस्त गरेको अवस्था थियो । 

लिबियाको अनुभवबाट किममा के शंका छ भने अमेरिकाले भनेको परमाणु निशस्त्रीकरणपछि उनको अन्त्य निश्चित छ । 

उत्तर कोरियाले ट्रम्पको टिप्पणीलाई एक धम्कीको रुपमा हेरेको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले जब एक अन्तवार्तामा ट्रम्पको फैसलाका समर्थन गरे तब यो अमेरिकी नीतिको हिस्सा हो भन्ने प्रष्टिन्थ्यो । किम सिंगापुर आउन् र अमेरिकाको सबै सर्त  मानून् भन्ने जस्तो अमेरिकाको चाहना देखिन्थ्यो । 

अमेरिकी प्रशासनको यस  रणनीति बुझेर उत्तर कोरिया पूर्ण रुपमा चनाखो रहेको छ । तर दुई पक्षबीच  कुरा जतिबेला बिग्रन पुग्यो त्यतिबेला उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाबीच हुन लागेको संयुक्त शैन्य अभ्यासप्रति चासो व्यक्त गर्यो । 

उत्तर कोरियाको भनाई थियो कि यस अभ्यासमा दुई देशले लडाकू विमान समेत प्रयोग गर्न लागेका थिए  । जुन परमागु बलमे भरिभूर्ण उत्तरलाई धम्क्याउने उद्देश्य जस्तो देखिन्थ्यो ।

ट्रम्प  र  किमबीच हुने भनिएको वार्ता रद्द हुनेबारे सायद दक्षिणलाई पनि थाहा थिएन ।  जसरी एकाएक ट्रम्पले वार्ता रद्द गरेका छन् त्यसले विश्वमा सकारात्मक सन्देश नभएको विश्लेषण भएको छ । 

वार्ता रद्द भएपछि उत्तर कोरियाली विशेष मन्त्रालयले कडा प्रतिक्रिया दिएको छ तर पनि कुनै पनि समयमा आफ्नो देश वार्ताको हात बढाउन तयार छ । 

सत्य हो हो कि उत्तर कोरिया वार्ताबाट पछि हटेको थिएन । बरु उनी चीन पुगेर चिनियाँ राष्ट्रपति सी जींग पींगसँग भलाकुसारी गरेर फर्किएका थिए । 

ट्रम्पको चिठीपछि पनि किमसँग वार्ता हुने ढोका सधैंका लागि बन्द भएको होइन । उनले किमलाई लेखेको चिठीमा महामहिम भनेर सम्बोधन गरिएको छ । उनले यो पनि भनेका छन् कि मलाई चिठी लेख्न र सम्पर्क गर्नमा कुनै हिच्किचाहट छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?