श्रीमतीको मैनको मुर्ती देखेपछि अजयले भने– साइलेन्ट काजोल, श्रीमतीको जवाफ आयो यस्तो

मुम्बई । सेलिब्रेटीको मैनको मुर्तीले चर्चित मैडम तुसाद म्यूजियम  सिंगापुरमा  बलिउड अभिनेत्री काजोलको पनि मैनको मुर्ती प्रतिस्थापन गरिएको छ । 

बुधबार उक्त मुर्तीको हेर्नका लागि श्रीमान अजय देवगण कोजोल  सासु बीना र छोरी न्यासाका साथ सिंगापुर पुगे । 

सो अवसरमा काजोल र न्यासा दुबैले मुर्तीको साथ पोज  समेत दिए  । जससँग सम्बन्धित आमा छोरीको एक भिडियो पनि सार्वजनिक भएकोे छ । जुन भिडियोमा कुन आमा र कुन छोरी भन्नेमा कन्फुजन नै देखिन्छ । 

उही भिडियो इन्ट्राग्राममा शेयर गर्दै अजयले भनेका छन्–मीट द साइलेन्ट काजोल । 

जसमा काजोलले जवाफ दिएकीछिन्– मलाई घर आउन त देऊ…..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?