‘भैरे’ ले नयाँ रिलिज मिति तोक्यो

काठमाडौं, ११ जेठ – जेठ १८ मा रिलिज हुने भनिएको फिल्म ‘भैरे’ को रिलिज मिति सरेको छ । दयाहाङ राईको पछिल्लो फिल्म अब साउन ४ गते रिलिज हुने भएको छ ।

केही हप्ताअघि चलचित्र निर्माता संघले गरेको आन्दोलनका कारण फिल्मको प्रचारमा प्रभाव परेको भन्दै निर्माण टिमले चलचित्रलाई अगाडि सारेको हो ।

चलचित्रमा सुनिल थापा, सुरक्षा पन्त, वर्षा शिवाकोटी, विक्रान्त बस्नेत, बुद्धि तामाङ, जान्हवी बस्नेत लगायतका कलाकारले पनि अभिनय गरेका छन् । चलचित्रलाई प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारीले निर्माण गरेका हुन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मलाई वनिष शाहले सम्पादन गरेका हुन् । फिल्ममा लेखन तथा निर्देशन भने एभरेष्ट सूर्य बोहराले लेखेका हुन् । त्यस्तै फिल्मको संवादमा अभिमन्यु निरवी र दिनेश न्यौपानेको लेखाइ छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?