कोहलपुरमा रेखा थापाको यस्तो क्रेज?

कोहलपुर । नायिका रेखा थापा पछिल्लो केही समय भयो, सामाजिक विषय उठाएका फिल्म निर्माण गर्न थालेकी छिन् । त्यस्ता विषयवस्तु, जुन फिल्ममा महिलाको भूमिका विशेष हुने गर्छ ।
तर, ती फिल्मलाई दर्शकले खासै रुचाएका छैनन् ।

फिल्म नचलेपनि काली, रुद्रप्रिया जस्ता शक्तिशाली नामका फिल्म बनाउने क्रम भने रोकिएको छैन उनीबाट । अहिले उनी फिल्म ‘मालिका’ को मेसोमेलोका क्रममा कोहलपुर पुगेकी छिन् । त्यहाँ उनलाई गाउँलेले घेरेका छन् भने उनलाई देख्दा धेरै दंग परेका छन् । कैयन् फ्यान उनलाई भेट्न पाउँदा खुशी भएका छन् ।

नयाँ नायिकाको उदय भएसँगै उनको क्रेज घटेको त हो नै तर एक पुस्ताले भने उनलाई सबैभन्दा धेरै चिन्दो रहेछ भनेर प्रमाणित गरिदिएको छ ।

बाल विवाह अन्त्यका लागि आफूले भूमिका निभाउने भन्दै उनले फिल्म निर्माणमा जुटेकी छिन् ।

यो फिल्मलाई उनी आफैले निर्देशन गर्ने पनि बताइएको छ । फिल्म लक्ष्मीपूजामा रिलिज गर्ने भनिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?